निसीखोला गाउपालिका सरुवा भएका ढोनपाका दुई कर्मचारीहरुलाई बिदाई !

झरना कडेल, बुर्तिवा २०७५ कात्तिक १० ढोरपाटन नगरपालिकाले नगरपालीकामा शाखा अधिकृतका रुपमा कार्यरत रामप्रसाद आचार्यलाई बिदाई गरेको छ । आचार्य निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएपछि आज बिदाई गरिएको हो ।

नगरप्रमुख देबकुमार नेपाली , उपप्रमुख करमती पुनमगरको समुपस्थितीमा लेखा प्रमुख अमृत प्रसाद पौडेल , नायब सुब्बा चण्डीराज पौडेल, ईन्जिनियर नारायण पौडेल तथा पत्रकार लगायतको उपस्थीतीमा भएको बिदाई कार्यक्रममा बिदाई भएर जाने आचार्यलाई खादा अबिर र मायाँको चिनो प्रदान गरिएको थियो ।

सोही अबसरमा नगरपालिकामा सहायक महिला बिकास निरीक्षक बिन्दी शर्माको पनि निसीाखोला गाउँपालिकामा सरुवा भएपछि उनलाई पनि बिदाई गरिएको थियो ।

बिदाई कार्यक्रमका अवसरमा बोल्दै ढोरपाटन नगरपालीकाका प्रमुख देबकुमार नेपालीले आचार्यले यस नगरपालीकामा रहेर आफ्नो ईमान्दारीता देखाएकोमा प्रसंशा ब्यक्त गर्दै जहाँ भएपनि उच्च प्रगतीको कामना गर्नुभएके छ । सोहि अबसरमा बोल्दै उपप्रमुख करमति पुनमगरले , सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

बिदाई भएर जाने राम प्रसाद आचार्यले यस नगरपालिकामा रहेको १९ महिने कार्यकालमा पारिवारिक वातावरणमा रहेर काम गरेको स्मरण गर्दै , कार्यलयलाई संस्थापन गर्न आफ्नो तर्फबाट अहोरात्र खटेको बताए । कार्यक्रमको सञ्चालन ढोनपाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *