गण्डकी प्रदेशमा सारा संसारको आँखा गडेको छः मन्त्री लम्साल

माधव पराजुली, पोखरा,२०७५ कात्तिक १० । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा विश्वको आँखा गडेको बताएका छन । शनिवार हिमालयन क्लव पोखराले २२ औँ स्थापना दिवसको अवसरमा बाटुलेचौरमा आयोजना गरेको रक्तदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले अगाडि सारेका कार्ययोजनालाई बढी महत्वका साथ हेरेको बताए ।

‘गण्डकी प्रदेश आफैमै पर्यटकीय प्रदेश हो, यसमा संसारका मानिसहरुको आँखा यसै पनि गडेको छ,मन्त्री लम्सालले भने यसको अलवा प्रदेश सरकारले पर्यटन,शिक्षा, स्वास्थ्य, सडक, उर्जा, कृषि लगएतका क्षेत्रमा सारेका नयाँ कार्ययोजनाले सातै ओटा प्रदेशको ध्यान आकर्षण गरेको छ । पर्यटन र प्रदेश सरकारले अगाडी बढाएका नयाँ कार्ययोजनाले गर्दा सबैको आँखा गडेको उनको भनाई थियो ।

मन्त्री लम्सालले निकै चुनौती मोलेर प्रदेशको नाम र राजधानी समयमै टुङ्गाएको बताउदै प्रदेशको नाम र राजधानीको टुङ्गो लागे सँगै प्रदेश सरकारको काम रफ्तारमा अघि बढेको बताए । उनले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश हरेक क्षेत्रमा पहिलो रहेको दाबी गरे ।

‘अस्तित्वमा रहनको लागि जुन सुकै वस्तुको पनि परिचय हुन आवश्क हुन्छ, उनले भने पर्यटन र विकासको माध्यम बाट गण्डकी प्रदेशको पहिचान र परिचय झल्किन्छ” ।
गण्डकी प्रदेश भित्रका प्रसिद्ध पर्यटकीय स्थललेनै प्रदेशको छवी बढाएको बताउदै ओझेलमा परेका प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलको उजागर गर्न लागेको सुनाए । उनले पर्यटन बाटनै प्रदेशको विकास,परिर्वतन र समृद्धि खोजिने बताए । उनले गण्डकी प्रदेशका प्रसिद्ध पर्यटकीय स्थलहरुको अन्तराष्ट्रिय बजारमा निकै चर्चा,परिचर्चा हुने गरेको दावी गर्दै यसको प्रचार,प्रसार अझै बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री लम्सालले विविधताको बिचमा एकता कायम गर्न हिमालय क्लव सफल भएको बताउदै समाजमा बिद्यमान विकृती तथा बिसंगती लाई उन्मुलन गर्न क्लवले सचेतना अभियान चलाउनुपर्नेमा जोड दिए ।

प्रदेश सभा सदस्य राजिव पहारीले समाजसेवामा क्लवले देखाएको तदारुक्ताको प्रशंसा गर्दै आगामी दिनमा समाजमा बढ्दै गएको हत्या,हिसां,बलत्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न क्लवले पाईला चाल्नुपर्ने बताए ।

त्यस्तै प्रदेश सभा सदस्य विन्दु कुमार थापाले सम्भावना र आवश्यक्तका आधारमा विकास निर्माणको खाका कोनुपर्नेमा जोड दिए ।
हिमालय क्लवका अध्यक्ष मोहन ब.थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्कृति प्रवद्र्धन र समाज सेवामा सक्रिय समय बिताएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा २ दर्जन व्यक्तिहरुले रक्तदान गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *