रुकुममा शिक्षक बेपत्ताको अभियोगमा वडाध्यक्ष सहित ५ जना थुनामा !

प्रेम सुनार, बुटवल, ०७५ कात्तिक १० । शिक्षक बेपत्ता पारेको अभियोगमा पुर्व रुकुम पुथाउत्तरगंगा गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष सहित ५ जना अभियोगीलाई रुकुमकोट जिल्ला अदालतले शुक्रबार पुर्वक्षका लागि कारागार चलान गरेको छ । सोही वडाको पेल्मा आधारभुत विद्यालयका ५१ ब्बर्षिय शिक्षक मखनकुमार केसीलाई भादौ दोश्रो हप्ता देखि बेपत्ता पारेको अभियोगमा उक्त वडाका वडाध्यक्ष सतसिंह बुढा सहितका ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेस्तेदार बिष्णुप्रसाद पाण्डेले जानकारी दिए । जिल्ला न्यायधिश दुर्गाबहादुर भुसालको ईजालसले वडाध्यक्ष बुढा, सोही विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी , रामराज झाँक्री, बिनोद खत्री, वडा नम्वर १० का खिन्ते भन्ने बिकार बुढालाई कारागार चलान गरिएको पाण्डेले बताए । उनिहरुलाई शुक्रवार नै पश्चिम रुकुमको जिल्ला कारागार चलान गरिएको छ ।

फरक फरक बयानले हत्याको आशंका

सिस्ने गाउँपालिका वडा नम्वर ६ घर भएका शिक्षक केसीलाई साउन ३१ ग्ते बिकास बुढा लगायतले निर्घात कुटपिट गरेका थिए । कुटपिट भएको तस्वीर सार्वाजानिक भए लगत्तै उनि बेपत्ता भएका छन । कुट्नलाई निर्देशित गर्ने वडाध्यक्षका भान्जा रामराज झाँक्री भएको र त्यस बेला वडाध्यक्ष पनि संगै रहेको बेपत्ता केसीका दाजु मोहनकुमार केसीले बताए ।

पुर्व एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका दाजु केसीले भाई जिवित अवस्थामा रहेको आशा राख्न समेत नसकिएको बताउँदै शुनियोजित हत्या भएको आशंका गर्दछन । ‘साउन ३१ गते कुटपिट हुँदा केहि वास्ता नगरेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले त्यसको झण्डै दुई हप्ता पछि भदौ १५ गते वडा कार्यालयमा अघिल्लो दिन देखि पेपत्ता भएको भन्दै उजुरी दिनु आफैमा शंकाष्पद छ ’–केसीले भने वडाध्यक्षको समेत फरक फरक भनाई आउनुले थप आशंका उब्जीएको छ ।

सुरुमा म त्यस कुटपिटको बेला थिएन भनेर वडाध्यक्षले भन्नु भयो । त्यस्तै सुरुमा १२ गते देखि बेपत्ता भएको भनियो । वडाध्यक्षले आफु भदौं ११ गते बाग्लुङ्ग गएर १५ गते फर्केको भन्नु भयो । पछि बुझ्दा उहाँ ११ गते नै फर्केको पाईयो । ’

केसीका अनुसार झण्डै २२ बर्ष देखि अध्यापन पेशामा रहेका शिक्षक सोझा ब्यक्ति थिए । कुटपिटको कारण खुल्न सकेको छैन । वडाध्यक्ष पुर्व माओवादीबाट निर्वाचित हुन । शिक्षकको राजनैतिक आश्था मात्रै पुर्व एमालेमा थियो, सक्रियता थिएन । एक छोरा दुई छोरीका बाबु शिक्षक केसीको आँखामा निलो डाम हुने गरी कुटिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *