त्रिशुली युवा क्लबले घुस्मेलीमा हरिवोधनी एकादशी मेला आयोजना गर्ने !

मन्दिप निउरे, ताराखोला २०७५ कात्तिक ९ । घुम्टे हाम्रो शान पर्यटन बिकास हाम्रो अभियान भने मुल नाराको साथ ताराखोला गाउँपालिका वाड नम्बर ३ हिलको घुस्मेलीमा रहेको त्रिशुली युवा क्लबले हरिबोधनी एकादशी मेलाको पाबन अबसर पारी यहि कात्तिक २८ गतेदेखि मंसिर ३ गतेसम्म विभिन्न प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष जीवन बस्नेतले ईबागलुङलाई जानकारी दिए ।

मेलाको अबसरमा खुला वडा स्यरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले ५० हजार,व्दितिय हुने समुहले ३० हजार,खुला वाड स्यरिय भुपु भलिबल प्रतियोगितामा प्रथम हुने समुहले खसी , व्दितिय हुने समुहले १० केजी कुखुरा , एकल नृत्य प्रतियोगितामा प्रथम हुने समुहले ४ हजार, व्दितिय हुने समुहले ३ हजार , तृतिय हुने समुहले २ हजार ,सोलो बाइक रेश प्रतियोगितामा प्रथम हुने समुहले ५ हजार ,डबल बैडमिन्टन प्रतियोगितामा प्रथम हुने समुहले २० हजार ,दितिय हुने समुहले १३ हजार हात पार्ने क्लबका अध्यक्ष बस्नेतले बताए ।

विभिन्न प्रतियोगिताको साथमा लोक बाजा भजन सहित त्रिशुली नदीमा मंसिर ३ गते तोरन तार्ने कायक्रमको साथमा राष्ट्रिय तथा स्यानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने त्रिशुली युवा क्लबका सचिब गणेश बहादुर कार्कीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *