नगरप्रमुख नेपालीव्दारा बुर्तिवाङमा कोजाग्रत पूर्णिमा मेलाको विधिवत उद्घाटन !

झरना कँडेल, बुर्तिवाङ २०७५ कात्तिक ९ । बुर्तिवाङ राईजिङ युवा क्लबको १६ वार्षिकोत्सव तथा कोजाग्त पूर्णिमा मेलाको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले एक समारोहकाबीच उद्घाटन गरेका छन् ।

अस्ति कोजाग्रत पूर्णिमाका दिन शुभारम्भ गरिएको बुर्तिवाङ राईजिङ युवा क्लबको बार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेलाको आज नगरप्रमुख नेपालीले दीप प्रज्ज्वलन गरी ब्यानर अनावरण गरेर विधिवत उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमका अवसरमा यस क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेको सरायँ नाँच प्रदर्शन गरिएको थियो ।

उदेघाटन कार्यक्रम क्लबका अध्यक्ष सोम पौवीको अध्यक्षतामा चलिरहेको छ । कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष ममत गैरेले गरेकी थिईन भने कार्यक्रम सन्चालन क्लबका महा सचिव गोपाल महतले गरिरहेका छन् ।

बिस्तृत विवरणका लागि ईबागलृङ हेर्दै गर्नु होला ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *