दगातुम्डाँडाको पूर्णिमा मेला सम्पन्न : भलिवलको उपाधी न्यू नवज्योति युवा क्लबको हातमा !

कौरव खत्री, खर्वाङ २०७५ कार्तिक ९ । बागलुङको दगातुम्डाँडा पूर्णिमा मेलामा आयोजना गरिएको खुल्ला पुरुष भलिवल तथा साँस्कृतिक कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

दगातुम्डाँडाको शान, दगातुम्डाँडा पूर्णिमा, मेला हाम्रो पहिचान भन्ने मुल नारा सहित चिसापानी युवा क्लव बडशगिाड गाउपालिका १ दगातुम्डाँडाले सञ्चालन गरेको कात्तिक४ देखि ८ गतेसम्म सञ्चालन भएको खुल्ला पुरुष भलिवल प्रतियोगीतामा गुल्मी तथा बागलुङ जिल्लाका विभिन्न १० समुहको सहभागिता रहेको थियो ।


खुल्ला पुरुष भलिवल प्रतियोगीतामा न्यू नवज्योति युवा क्लव गल्कोट नगरपालिका ७ मल्ल बागलुङ प्रथम हुँदै नगद ६० हजार टफी मेडल र प्रमाण पत्र प्रथम पुरस्कार हात पारेको छ भनेगलकोट नगरपालिका ३ हटिया बागलुङले नगद ४० हजार ट्रफी मेडल प्रमाण पत्र सहित व्दितीय पुरस्कार हात पारेको छ । यस्तै आयोजक चिसापानी युवा क्लव बडीगाड गाउपालिका १ दगातुम्डाँडा बागलुङले २० हजार नगद, मेडल र प्रमाण पत्र सहित तृतीय पुरस्कार हात पारेको छ भने रिभरहिल युवा क्लव बडीगाड गाउपालिका २ खर्वाङ बागलुङले १० हजार नगद, मेडल र प्रमाण पत्र सहित सान्त्वना भएको छ ।

कार्यक्रममा खुल्ला रेकर्ड डान्स प्रतियोगिता तथा राष्ट्रिय कलाकारहरुको समेत बेडोज प्रस्तुती रहेको थियो ।

युवाको चाहाना खेलकुद,आर्थिक विकास र कला संस्कृतिको जर्गेना भन्ने मुल नारा सहित २०६७ सालदेखि चिसापानी युवा क्लवले पूर्णिमा मेलाको आयोजना गदै आइरहेको चिसापानी युवा क्लवका सचिव हरिलाल नेपालीले जानकारी दिए ।

विगत लामो समयदेखि क्लवले समाजका हरेक सामाजिक गतिविधिहरुमा सक्रिय रुपमा काम गदै रहेको छ । कार्यक्रम चिसापानी युवा क्लवका अध्यक्ष रमेश बुढाथोकीको अध्यक्षता तथा वडाअध्यक्ष बोम बहादुर थापाको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने चिसापानी युवा क्लवका सचिव हरिलाल नेपालीले गरेका थिए

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *