अपडेट: बोहोरागाउँ देखी खारा जाँदै गरेको बस दुर्घटना, २४ को मृत्यु ३८ घाईते !

जाजरकोट, २०७३ फागुन २६ । बोहोरागाउँ देखी खारा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २४ जनाको मत्यु भएको छ भने ३८ जना घाइते भएको प्रहरीले जनाएको छ । आज बिहीवार अपरान्ह छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नम्बर ४ को बोहोरा गाउँमा ना ३ ख २२७९ बस जाजरकोटको बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेर दुर्घटना भएको हो । पासागाड खोलामा खसेको बस टुक्राटुक्रा भएको छ । बाटोमा यात्रु थप्दै हिँडेको बसमा कम्तीमा ६२ सवार रहेको प्रहरीको भनाइ छ ।

बस भिरबाट करिव दुई सय मिटर तल खसेको बताईएको छ । नेपाली सेना र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *