अाजकाे तस्वीर : यस्तो थियो,बुर्तिवाङमा हिँजोको मेगा कन्सर्ट !

शव्द/चित्र : टीकाराम भट्टराई,

बुर्तिबाङ, २०७५ कात्तिक ९ । बुर्तिबाङ बजारमा हिँजो बिहीबार ढोरपाटन मेगा कन्सर्ट विशेष कार्यक्रम सम्पन्न भएको छ । डिएम इन्टरटेनमेन्ट र बुर्तिबाङ राईजिङ युवा क्लबको आयोजना सञ्चालित कार्यक्रम बुर्तिबाङ बजार स्थित उत्तरगंगा माध्यमिक विद्यालयको प्रांगणमा भएको हो ।

कन्सर्टमा चर्चित नायिका प्रियंका कार्की, गायिका मेलिना राई, गायक पुस्कल शर्मा, जिल एण्ड जोए व्याण्ड र क्रिष्टल कलवास डान्स क्रियशन ग्रुप लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रममा समाजसेवी टेकराज पौडेलको प्रमुख आतिथ्यता एवंम् बिभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कलाकारहरुको प्रस्तुती हेर्नको निम्ति हजारौ दर्शकहरुको साझँपख निकै भीड लागेको थियो । दिउँसो १ बजेबाट कार्यक्रम सुरु गरिने भनिए पनि कार्यक्रम दिउँसो करिब ३ बजेबाट सुरु भएको थियो ।

कार्यक्रममा सहभागी बनि कार्यक्रम हेर्नको निम्ति प्रतिब्यक्ति रु ३०० रुपैँयाका दरले टिकट काट्ने ब्यावस्था गरिएको थियो । सधैँ पर्दामा मात्र देखेँका कलाकारहरु आफ्नै सहर बुर्तिबाङमा प्रत्यक्ष देख्न पाउदाँ दर्शकहरु निकै उत्साहित देखिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *