पत्रकार सम्मेलन मार्फत बडीगाड महोत्सब तथा न्वागी मेलाको तयारी बारे जानकारी !

छविलाल पाण्डे, बागलुङ कात्तिक ८ । आगामि मंसिर १ देखि ९ गतेसम्म सञ्चालन हुन लागेको प्रथम बडीगाड महोत्सब तथा न्वागी मेला २०७५ को तयारी तीब्र पारिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । बडीगाड संस्कृति प्रवद्र्धन केन्द्र वडिगाड बागलुङको आयोजनामा हुन लागिरहेको उतm कार्यक्रमका निम्ती स्थानिय उत्पादनको प्रबर्धन, बजारीकरण संगै बिभिन्न दुई दर्जन बढि कार्यक्रम सञ्चालन गर्ने तयारी भएको संस्थाका अध्यक्ष कलाधर घिमिरेले पत्रकार सम्मेलनमा बताए ।

“कला संस्कृर्ति कृर्षि र प्रर्यटन समृद्ध बडीगाडको आधार प्रथम बडिगाड महोत्सब र न्वागी मेला २०७५ राष्ट्रिय नमुना बडीगाडको पुर्वाधार ” भन्ने मुल नाराका साथ महोत्सब कार्यक्रम सञ्चालन गरिएको सो अवसरमा बताईएको थियो ।

कार्यक्रमलाई सफल पार्नका निम्ती करिब १ करोड लागत लाग्ने र सोहि अनुपातमा आर्थिक व्यबस्थापन अभियानलाई तिब्रता दिइएको संस्थाका उपाध्यक्ष कृष्ण भट्टराईले बताए । उनका अनुसार म्याराथुन प्रतियोगिता, राष्ट्रिय करांते, खुल्ला पुरुष महिला भलीबल, लोकदोहोरी, बडीगाड आईयिड, वडा स्तरीय पञ्चेबाजा, सोरथि भैलो, सांस्कृर्तिक कार्यक्रम, एकल नृत्य, कविता वाचन, शैक्षिक प्रर्दशनी, सराय नांच, महिला जनप्रतिनीधि कुर्सी दौड, पुरुष जनप्रतिनीधि घैँटोफोड, कृर्षि प्रर्दशनी, खनिज, जडिबुटी, पुरातात्विक बस्तुको प्रर्दशनी, हेम्फै नृत्य, घाटु नृत्य, सांस्कृर्तिक झांकी, कलाकारको सांगीतिक प्रस्तुती, बडीगाड साँझ तथा उपहार चिठ्ठा, जग्गादाता , जेष्ठ नागरीक सम्मान लगाएतका कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष भट्टराईले बताए ।

सबै प्रतियोगिता समापनको निम्ती आवश्यक आर्थिक अभियानमा जुटिएको बताईएको छ । जसमध्ये बडीगाड गांउपालिकाले मात्रै रु २६ लाख रुपैया व्यवस्थापन गर्ने भएको छ ।

पत्रकार सम्मेलन कार्यक्रम आयोजक संस्थाका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, बडीगाड गांउपालिका अध्यक्ष मेहरसिंह पाईजाको बिशेष आतिथ्यता, राष्ट्रपतिका स्वकीय उपसचिव हिरामणि आर्चाय, वडीगाड ५ का अध्यक्ष अर्जुन खरेल, वडा नं ६ का अध्यक्ष मौसमकाजि क्षेत्री, नेपाली कांग्रेसका हरिदत्त आचार्य, युवा समाजसेवी कमल घिमिरे, पत्रकार, समाजसेवी, बुद्धिजिवी लगाएतको सहभागिता रहेको कार्यक्रम संस्थाका सचिब बिष्णुप्रसाद आर्चायले सञ्चालन गरेका थिए ।

महोत्सब मार्फत बडीगाड गाउपालिकाका बिभिन्न वडामा रहेका मन्दिर, तालतलैया, गुम्बा, समथर फाँट, लगाएत प्राकृतिक सम्पदाको प्रचार प्रसार गर्नका निम्ती समेत आयोजक सक्रियता पूर्वक लागिरहेको जानकारी दिईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *