बागलुङ २०७३ पुस २० । स्वर्गीय प्रविण खड्का स्मृतिकोष बाट प्रत्यक वर्ष फरक क्षमता भएकालाई प्रदान गरिने पुरस्कारको नवौँ श्रृंखला आज सम्पन्न भएको छ ।
स्थानीय कालीगण्डकी चलचित्र मन्दिरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा साँसद चम्पादेवी खडका, प्रजिअ भगिरथ पाण्डे, संस्थाकी संस्थापिका धर्मकुमारी खड्का लगायत समाजसेवी बुद्धिजीवी पत्रकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा फरक क्षमता शारीरिक बहिरा, अपांगता, दृष्टिविहीन, सुस्त मनस्थिती भएकाहरुलाई पुरस्कार तथा सिअनमि अपांग विष्णुकुमारी लाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सांसद खड्का, प्रजिअ पाण्डे लगायत विभिन्न वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष काजी रोशनले गरेका थिए ।
स्मरणीय छ, संस्थाको संस्थापक अध्यक्षमा नवीन खड्का रहेका छन् ।