प्रथम गल्कोट महोत्सवको उद्घाटन शुक्रबार १ बजे, ३ दर्जन कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने निश्चित !

घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक ८ । कला, सँस्कृतिको संंरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रर्वद्धन भन्ने मुल नारालाई आत्मसाथ गदैं कात्तिक ९ गतेदेखि १८ गतेसम्म गल्कोटमा आयोजित कृषि, पर्यटन, औद्योगिक ब्यापार मेला तथा प्रथम गल्कोट महोत्सव–२०७५को तयारी पुरा भएकने उद्योग बाणिज्य संघ गल्कोट इकाईले जनाएको छ । महोत्सबको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शुक्रबार दिनको १ बजे गर्ने कार्यक्रम रहेकोे ईकाईले जनााएको छ ।

महोत्सबमा आयोजित हरेक प्रतियोगितालाई ब्यबस्थित रुपमा सञ्चालन गर्ने गरि तयारी पुरा गरिएको ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्टले जनाकारी दिए । ईकाईका अध्यक्ष श्रेष्ठसंग महोत्सबको तयारीलाई लिएर सोधिएको प्रश्नमा उनले ईबागलुङलाई यस्तो जानकारी दिएका हुन् ।

महोत्सब सञ्चालन गर्न किरब ६० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । महोत्सब उद्घाटनको पुर्ब सन्ध्यामा आज गल्कोट हटिया बजारलाई सरसफाई गरि सजाएर सुन्दर बनाइएको छ । महोत्सब स्थलमा करिब २ सय स्टल निर्माण भैसेकेका छन् । बिभिन्न बिकिसमाका झुला, बालउद्यान तथा स्टेज निर्माण भैसकेो छ । महोत्सबको लागि महोत्सब स्थल सीमखेत जाने मोटरबाटो समेत मर्मत गरिएको ईकाईका बरिष्ठ उपाध्यक्ष ढालेन्द्र प्रसाद गौतमले ईबागलुङलाई जानकारी दिए । महोत्सबको उद्घाटनको अबसरमा हटिया बजारमा र्याली सहित कार्यक्रम स्थलमा जाने तयार िभैसेको छ । महोत्सबमा खुल्ला भलिबल प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, गल्कोट डान्स च्याम्पीयन प्रतियोगिता, डबल ब्याडमिन्टन प्रतियोगिता, कृषि मेला प्रर्दशर्नी, शैक्षिक सामाग्री प्रर्दशनी तथा बाल मेला, क्यानोनिङ, सहितका प्रतियोगितात्मक कार्यक्रमको लागी आबश्यक तयारी पुरा भएको ईकाईका महासचिब हिम बहादुर भण्डारी हेमन्तले जनाकारी दिए ।

कार्यक्रम नेपाली सिने जगतका महानायक राजेश हमाल, सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, बद्रि पंगेनी, बिष्णु खत्री, बसन्त थापा, श्रीकृष्ण बम मल्ल, थानेश्बर गौतम, मिलन लामा, जीवन शर्मा, चोलेन्द्र पौडेल, पुश्कल शर्मा, ज्योति मगर, मेलीना राई, रामजी खाँड, मञ्जु पौडेल, देबी घर्ती, जुना श्रीस, राजु परियार, प्रीति आले, प्रकाश सपुत, फुलमाया केसि, ईश्वर सिंह, दुगेश थापा, लक्ष्मी गौतम, लक्ष्मी मल्ल, देब शाहानी, आशिस अबिरल, बिनोद भण्डारी, नबिन राना, रेशम निदोश, बबिता बानीया जेरी, सहितका ३ दर्जन बढी कलाकारले सांगीतीक प्रस्तुति दिने आयोजकको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *