कर्मचारीतन्त्रका कारण सरकारले अघि बढाएका काममा अबरोध : सांसद बुढा

गल्कोट, २०७५ कात्तिक ८ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) गल्कोट नगरपालिका ४ वडा संयन्त्रको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद चन्द्रबहादुर बुढा सागरले कर्मचारीतन्त्रको हाबीका कारण सरकारले अघि बढाएका काममा अबरोध खडा गरेको बताए । आफ्नो निर्बाचन क्षेत्रमा प्याकेजमा कार्यक्रम बनाएर बिकास निर्माणका काम अघि बढाउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला संयन्त्रका सदस्य फमलाल निउरे ,गल्कोट नगर संयन्त्रका सदस्य पदम कार्की, एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगरपालिकाका अध्यक्ष चुडामणि शर्मा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अबसरमा पाटीको वडा कार्यालयको समेत उटघाटन गरिएको थियो । कार्यक्रम वडा संयन्त्रका सदस्य धनबहादुर खडकाको अध्यक्षता ,गोबिन्द शर्माको स्वागत तथा तारापती न्यौपानेको संचालनमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *