बुर्तिबाङमा घरको छतबाट खसेर एक युवकको मृत्यु !

बुर्तिवाङ २०७५ कात्तिक ८ । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा गएराति घरको छतबाट खसेर एक युवकको ज्यान गएको छ । निसीखोला गाँउपालिका वडा नम्बर ७ का वडाध्यक्ष नकुल कुँवरका ३० वर्षिय छोरा अनिल कुँवर छतबाट खसेर गम्भीर घाइते कुँवरलाइ उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले बतायो ।

राजकुत घर भइ हाल बुर्तिबाङ बजारमा होटल व्यवसाय गर्दै आएका कुँवर हिजो राति खाना खाएर सुत्न गएका र कोठाबाट बाहिर निस्कने क्रममा एक्कासी घरको दुइ तलामाथिबाट खसेको पारिवारिक स्रोतले जनाएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको र बुर्तिबाङमा उपचार सम्भव नभएपछि उपचारका लागि पोखरा लैजाने क्रममा बागलुङ पुर्याउदा उनको मृत्यु भएको हो ।

सहकर्मी छबिलाल पाण्डेका अनुसार निसीखोला गांउपालिका वडा नं ७ का वडा अध्यक्ष नहकुल कुवंरका छोरा तथा निसीखोला ७ राजकुतकै गौमुखी तथा परिवर्तनशील युवा क्लबका अध्यक्ष तथा नेपाली कांग्रेस निकट नेपाल तरुणदल क्षेत्रिय प्रतिनीधि समेत रहेका अनिल कुवंर बुधबार दिंउसो बुर्तिबाङ राईजिङ युवा क्लबको कोजाग्रत पुर्णिमा मेला कार्यक्रम सकेर सांझ बुर्तिबाङ आफनै घर (बुर्तिबाङ गेष्ठ हाउस) आएका थिए ।

सांझको खाना खाएसंगै सुत्नका निम्ती घरको दोश्रो तला (आफु सुत्ने कोठामा) गएको र कोठा नजिकैको रेलिङबाट करिब १५ फुट तल भुंइमा खसेर घाईते भएका थिए ।

कुवंरको निधन संगै बुर्तिबाङ राईजिङ युवा क्लब आयोजना गरेको कोजाग्रत पुर्णिमा मेला आज १ दिनका लागि सम्पुर्ण कार्यक्रम स्थगित गरेको हो । क्लबका आजीवन सदस्यको निधनका कारण आफुहरुले कार्यक्रम स्थगित गरीएको क्लब अध्यक्ष सोम पौवीले बताए ।

कुँवरको निधनको दु:खद समाचारले बुर्तिवाङ बजारबासी मर्माहत बनेका छन् भने मिलनसार स्वभावका होनहार युवालाई गुमाउनु परेकोमा गहिरो शोक व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *