कुन ठीक, कुन बेठीक ? खुलाई दिए बेश !

बुर्तिवाङ २०७५ कात्तिक ८ । बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ राईजिङ युवा क्लब’को बार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेला जोरसोरका साथ जारी छ । हिजो शुभारम्भ गरिएको मेलाको विधिवत उद्घाटन भोलि हुने आयोजकले जानकारी दिएका छन् । शुभारम्भका अवसरमा पन्चेबाजा र स्लो बाईक रेस प्रतियोगिता सम्पन्न भएका छन् भने आज मेगा कन्सर्ट भैरहेको छ ।

यस मेलालाई सामान्यतया बोलिचालीको भाषामा ‘कोजाग्रत पूर्णिमा मेला’ भनिदै आएको छ । मेला आयोजक बुर्तिवाङ राईजिङ युवा क्लबव्दारा सार्वजनिक गरिएको पर्चा (ब्रुसर)मा ‘कोजाग्रत दशैँ पूर्णिमा मेला’ लेखिएको छ भने हिँजो शुभारम्भका अवसरमा टाँसिएको ब्यानरमा ‘कोजाग्रत पूर्णिमा मेला’ मात्र उल्लेख गरिएको छ । कुनलाई आधिकारिक मानेर समाचार सम्प्रषण गर्ने ? आयोजकबाट ठीक बेठीक भनिदिनु पर्ने अवस्था सिर्जना भयो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *