संगम युवा क्लब ठुलाथरको वार्षिकोत्सव तथा बडा दशै पूर्णिमा मेला सम्पन्न !

मन्दिप निउरे, गल्कोट २०७५ कात्तिक ८ । राष्ट्र निर्माणमा युवाहरूको सहभागिता समुन्नत समाज बिकासमा हाम्रो प्रतिबद्धता भने मुल नाराको साथ संगम युवा क्लब गल्कोट नगरपालिका ६ ठुलाथर को ३६ औ बार्षिकोत्सव तथा बडा दशै तथा पुर्णिामा मेला सप्पन्न भएको छ । कायक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद चन्द बहादुर बुढा सागरले युवाहरू राष्ट्र समाजको नेतृत्वमा सकारात्मक बिकासको बाटोमा हिडन जरुरी भएको बताए । उनले यस संगम युवा क्लब गल्कोट नगरपालिकाको एक जिम्मेवार गैर सहकारी सस्था भएकाले बिधिवत दर्ता प्रक्रृयाबाट सामाजिक कायक्रम सहित उपस्थिती जनाउनुपने बताए ।

अब क्लबहरु बर्षको एक पटक मेला लगाएर मात्र नभइ निरन्तर बार्षिक कायक्रम बनाएर गाउ समाजको सेवा गर्नु पर्नेमा जोड दिए । उनले गाउँको बिकास जनताको चेतना स्यरमा परिवर्तन पर्नु पर्ने कुरामा जोड दिए ।

मेलाको अबसरमा आयोजना गरिएको खुला वडास्तरिय पुरुष भलिबल प्रतियोगीतामा १४ समुहको सहभागिता रहेकोमा नरेठाँटी युवा क्लब प्रथम संगम युवा क्लब आयोजक व्दितिय , रुस्ती युवा क्लब हरिचौर तृतिय, ताराखोला गाउँपालिका सान्त्वना भएका छन । भुपुहरुको भलिबल प्रतियोगितामा रोयल गोर्खाज होटेल हटिया प्रथम साउने सक्रान्ती मेला हिल व्दितिय भएका छन । महिला भलिबल प्रतियोगितामा बडीगाड गाउपालिका प्रथम , घुम्टे सिद्ध भैरब इलेक्ट्रोनिक हरिचौर दितिय भएका छन ।

मेलाको अबसरमा आयोजना गरिएको सामुहिक नृत्य प्रतियोगिता , महिला रस्साकस्सी प्रतियोगिता लगायतका कायक्रम सम्पन्न भएको थियो । कायक्रममा राष्ट्रिय कलाकारहरु नबिन राना ,रमा राना हास्यव्यंग्य कलाकार दिपक थापा ,इश्वर सिङ मोडल बिमल के सि को बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुमा गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगर , जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम बहादुर श्रीस, रुद्र श्रीस रहेका थिए ।

कार्र्यक्रम संगम युवा क्लबका अध्यक्ष राज बहादुर पुनको अध्यक्षता क्लबका सदस्य मिलन निउरेको स्वागत मन्तव्य र रुद्र श्रीस र गगन बिकको संचालनमा सम्पन्न भएको क्लबका कोषाध्यक्ष गणेश चालिसेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *