मन्त्री परिषद पुनर्गठन हुँदै, राप्रपा अध्यक्ष थापा उपप्रधान एवं स्थानीय विकास मन्त्री बन्दै !

राप्रपाबाट अध्यक्ष थापा सहित थप तीन जना मन्त्रीले सपथ लिँदै!

काठमाडौं, २०७३ फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई केहि समय पछी उपप्रधानमन्त्री पदको आजै साढे ६ बजे सपथ ग्रहण गराईने कार्यक्रम तय भएको छ ।

यसैवीच राप्रपा व्दारा केहि समय अघी प्रकाशित विज्ञप्तीमा निर्धारित समय भित्र निर्वाचन सुनिश्चितता गर्न तथा सविधान कार्यान्वयनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट शीर्ष नेतृत्व तहबाट मन्त्री परिषदमा सहभागिता होस भनी प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नु भएको आग्रहलाई सकारात्मकरुपमा लिँदै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट थप तीन जना मन्त्रीहरु सहभागी हुने जनाईएको छ।

विज्ञप्तीमा पार्टी अध्यक्ष थापा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री, मा दिलनाथ गिरी मन्त्री र मा परशुराम तामाङ राज्यमन्त्रीको रुपमा सहभागी हुने जनाईएको छ ।

काँग्रेस, माओवादी केन्द्र, राप्रपा, मधेशी मोर्चा र अन्य साना दलहरुको समर्थनमा संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने विश्वास छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.