कला, साहित्य र संस्कृति गण्डकी प्रदेशकाे पहिचान भएकाेले यसकाे सहि रूपमा संरक्षण र सम्वर्धन गरौँ – थापा

कमल राना, बागलुङ २०७५ कात्तिक ७ । गाउँमैत्री अक्षयकोष ( GMAK ) तंग्राम बागलुङले अाफ्नाे बार्षिक कार्यक्रम TALENT OF VILLAGE ( TOV ) – sesson IX बुधबार सम्पन्न गरेकाे छ ।

‘हाम्राे उच्च सान, प्रतिभाकाे संवर्द्वन’ भन्ने मुल उदघाेषका साथ दुई दिन सम्म बिबिध प्रतियोगिताका साथ सञ्चालन भएकाे कार्यक्रमा गण्डकी प्रदेशकी सांसद प्यारी थापाकाे प्रखुख आतिथ्यता रहेकाे थियाे।

कार्यक्रममा बाेल्दै सांसद थापाले कला साहित्य र संस्कृति गण्डकी प्रदेशकाे पहिचान भएकाेले हामीले अाफ्नाे पहिचानकाे सहि रूपमा संरक्षण र सम्ब्रद्वन गर्नु पर्ने बताउदै पछिल्लो हाम्राे माैलिक संस्कृति माथि बिकृति र बिसंगतिका तत्वहरू फैलिदै गइरहेकाेले यस प्रकारका तत्वहरू जरै देखि उखेलेर नष्ट गर्नेु पर्नेमा समेत जाेड दिइन।

साे कार्यक्रममा सांसद प्यारी थापाले चन्द्र प्रा.बि, धारा मा.बि र नारायणी मा.बिमा अध्यानरत १७ जना जेहेन्दार तथा गरिबीका कारण पठनपाठनमा समस्या उत्पन्न भएका बिपन्न परिवारका बिधार्थीहरूलाई अाफुले पाउने सुबिधाबाट कटौती गरि प्रत्येक बिधार्थीलाई एक दर्जन कपि र एक दर्जन कलम हस्तान्तरण गरेकी िथइन ।

कार्यक्रममा TOV V का बिजेता उषा पुनकाे गीतकाे बिमेचन संगै प्रगतिशील गायन, नृत्य र गजल प्रतियोगिताकाे अायाेजना गरिएकाे थियाे । जस अन्तर्गत प्रगतिशील नृत्य प्रतियोगितामा ८ प्रतियाेगि लाई पछि पार्दै प्रतियाेगि प्रबिना थापा प्रथम भएकी हुन ।त्यस्तै द्वितीय सृजना पुन, तृतीय कमला थापा र सान्त्वना कबिसन थापा हुन सफल भएका छन ।

त्यस्तै प्रगतिशील गायन प्रतियोगितामा १० जना प्रतियाेगिलाई पछि पार्दै सुवास मिन प्रथम हुन सफल भएका छन भने द्वितीय बिष्नु पुन तृतीय संकर परियार र सान्त्वना राेजन परियार हुन सफल भएका छन ।

त्यस्तै प्रगतिशील गलज प्रतियाेगितामा मीन सुवास प्रथम हुन सफल भएका छन भने द्वितीय कमल बिक र तृतीय अाेमकर बिक हुन सफल भएका छन ।

कार्यक्रममा जनाबादी गायक हेमराज अाश्रामले जनाबादी गीत प्रस्तुत गरेका िथए भने लाेक गायक तथा हास्यकलाकार निश्चल श्रेष्ठ (पाण्डा)काे प्रस्तुति संगै रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कलाकार व्दारा समेत बेजाेड प्रस्तुति रहेकाे थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *