आजको तस्वीर : गल्कोट महोत्सवको तयारी तीब्र !

गल्कोट २०७५ कात्तिक ७ । उद्योग बाणिज्य संघ गल्कोट इकाईले आयोजना गरेको कृषि पर्यटन औद्योगिक ब्यापार मेला तथा गल्कोट महोत्सव २०७५ को प्रचार प्रसारका साथै तयारी तीब्र पारिएको छ । आगामी कात्तिक ९ गते गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवको तयारी करीबकरीब पूरा भएको आयोजकको भनाई रहेको छ । कात्तिक ९ देखी कात्तिक १८ गते सम्म महोत्सव सन्चालन गरिने छ ।

गल्कोट उपत्यकामा भएका लोपोन्मुख संस्कृतिहरुलाई बिशेष प्राथमिकताका साथ प्रदर्शन गर्ने उद्देश्यले गल्कोट महोत्सव २०७५ आयोजना गरिएको उद्योग वाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

अर्गल, ताराखोला हिल र अमरभुमिका मगरहरुले निरन्तरता दिदै आएको सिस्नो पोल्ने संस्कृति यस बर्ष गल्कोटमा देख्न पाईने संघका बरिष्ठ उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले ईबागलुङलाई बताए । गल्कोटमा औद्योगिक तथा व्यापार मेला गर्दै आएको उद्योग बाणिज्य संघले यस बर्ष गल्कोटमा सस्कृतिलाई बिशेष जोड दिने बताएको छ । मेलाको अवसरमा ताराखोलामा हुने सिस्नो खोस्ने पर्व र भुष पोल्ने मेलालाई गल्कोट महोत्सवमा प्रदर्शन गरिने गौतमको भनाई छ ।

तस्वीर सौजन्य: ढालिन्द्र प्रसाद गौतम, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *