छविलाल पाण्डे बुर्तिबाङ २०७५ कात्तिक ७ । बुर्तिबाङ राईजिङ युवा क्लब बुर्तिबाङले आफनो १६ औं बार्षिक उत्सबका अवसरमा मनाउन लागिरहेको कोजाग्रत दशैँ
पुर्णिमा मेला आजदेखि सुरु भएको छ । मेलाको कात्तिक ९ गते विधिवत उद्घाटन गरिने भएपनी आजदेखि खेलकुद कार्यक्रमको नामदर्ता संगै बिभिन्न कार्यक्रमको तयारी तिव्र पारिएको क्लबका अध्यक्ष सोम पौवीले ईबागलुङलाई बताए ।
आज पहिलो दिनको कार्यक्रममा पञ्चेबाजा प्रस्तुती सम्पन्न भएको छ । जसमा २ समुहको सहभागिता रहेकोमा बुर्तिबाङ दलित सञ्जाल पञ्चेबाजा समुह प्रथम, र पुर्काेट नौमती पञ्चेवाजा समुह व्दितिय भएका छन् । यसैगरी मेलाको पहिलो दिनमास्लो बाइक प्रतियोगिता समेत आजै सम्पन्न भएको छ । प्रतियोगितामा २२ जनाको सहभागिता रहेकोमा ध्रुव पुन प्रथम, दिपु बिसी व्दितिय भएका छन् ।
त्यस्तै वडा स्तरीय पुरुष भलिबल तर्फ आजसम्म १६ समुहले सहभागिता जनाएका छन् । पुरुष भलिबल कात्तिक ९ देखि वेस्टअफ थ्रि लिग पद्धति अनुसार खेलाईने बताईएको छ ।
आज भएको औपचारिक कार्यक्रम क्लबका अध्यक्ष सोम पौवीको अध्यक्षता, क्लबका संस्थापक अध्यक्ष एवम् सल्लाहाकार चन्द्रलाल अर्यालको बिशिष्ठ आतिथ्यता, ईलाका प्रशासन बुर्तिबाङका प्रमुख नन्दराम भुसाल, युवा समाजसेवी तथा नेपाली कांग्रेस क्षेत्र नं २ का सभापती दोर्णकुमार कुवंर, युवा समाजसेवी तथा नेपाली कांग्रेस महाधिबेशन प्रतिनीधि टेकराज पौडेल, समाजसेवी टंकप्रसाद पौडेल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादब, क्लबका संस्थापक सचिव एवम् सल्लाहकार सदस्य उत्तमबहादुर महत लगाएतको आतिथ्यता एवम शुभकामना मन्तव्य रहेको थियो । क्लब उपाध्यक्ष मनकुमारी गैरेको स्वागत महासचिव गोपाल महतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अव कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने भएको आयोजकले बताएका छन् । पुरुष भलिबल खेलमा टाईसेट अनुसार क,ख, ग, र घ गरी चार समुहमा विभाजन गरिएको छ ।
जसमा समुह क अन्र्तगत वडिगाड गांउपालिका ७ , दोरपाटन नगरपालिका ६ रातोपहरा, निसीखोला गांउपालिका १ , तमानखोला गांउपालिका ५ रहेका छन् । समुह ख तर्फ ढोरपाटन नगरपालिका १, ढोरपाटन नगरपालिका ४, ढोरपाटन नगरपालिका ३ समुह ए , तमानखोला गांउपालिका १ रहेका छन् त्यस्तै समुह ग अन्र्तगत तमानखोला २, ढोरपाटन ३ समुह बी, ढोरपाटन ५, ढोरपाटन ७ रहेका छन् । र समुह घ तर्फ निसीखोला २, ढोरपाटन ६, निसीखोला ७ , ढोरपाटन २ रहेका छन् ।
तस्वीर सौजन्य : श्रेष्ठ राजु, बुर्तिवाङ ।