एक्टिभ ग्रुप पाण्डवखानीको वार्षिकोत्सव : अनुशाषित, मर्यादित समाज निर्माण गर्न युवाको महत्वपूर्ण भूमिका – काउचा

थम्मन थापा, बागलुङ २०७५ कात्तिक ७ । गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचा मगरले खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्विक र नैतिकवान सम्पुर्ण मानव सम्साधानको विकास गर्दै, अनुशाषित र मर्यादित समाज निर्माण गर्न युवाहरुको महत्वपुर्ण भूमिका हुनुपर्ने बताएकी छन् ।

एक्टिभ ग्रुप गल्कोट नगरपालिका १० पाण्डवखानीको बाईगाउको ८ औं वार्षिकोत्सव तथा बडा दशैं मेला २०७५ लाई सम्बोधन गर्दै उनले त्यसलाई साकार पार्न गल्कोट नगरपालिकाले खेलकुदको लागि पुर्वाधार निर्माण गर्ने, प्रशिक्षण गर्ने, प्रतियोगिताहरु गर्ने र प्रोत्साहन गर्ने खालका कामहरु गर्ने योजनामा रहेको बताइन ।

युवा भनेको एउटा शक्ति हो समृद्व गल्कोट निर्माण गर्न सामाजिक, आर्थिक, राजनैतिक विकास गर्नको लागि श्रोतको रुपमा लिएको काउचाकाे भनाइ छ । त्यसको लागि सम्पुर्ण नगरबासीको सहयोग अपिहार्य रहेको समेत उनले उल्लेख गरिन ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं १० का वडा अध्यक्ष तिलक घर्ती, गल्कोट नगर कार्यपालिका सदस्य राधिका पुन, पाण्डवखानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्याल र नवज्योति आधारभुत विद्यालयका प्रधानध्यापक आसा श्रीसले शुभकामना मन्तव्य राखेका थिए ।

मेलाको अवसरमा खुल्ला फुटवल प्रतियोगिता, म्याराथुन दौड, खुल्ला एकल नृत्य प्रतियोगिता सॅगै स्थानिय पञ्चेबाजा, भजन र मौलिक कला संस्कृति प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकारहरु चर्चित गायिका निशा श्रीस, कमल श्रीस र खगेन्द्र पुनले सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलामा गरिब, जेहेन्दार र एस ई ई मि उत्कृष्ट नतिजा हाॅसिल गर्न सफल विद्यार्थीहरु, समाजसेवी, शिक्षासेवी, सहयोगदाता, कलाकार, पत्रकार लगायतलाई सम्मान समेत प्रदान गरिएको थियो । मेला एक्टिभ ग्रुप बाईगाउका कार्यक्रम संयकजक चन्द्र बहादुर श्रीसको अध्यक्षता, सदस्य कैलाश विश्वकर्माको स्वागत र सञ्चारकर्मी सुरेश छन्त्याल र खडग सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *