निसीखोला – ५ मा नयाँ पुस्ता नेपालको अभियान सम्पन्न !

कुमबिर बिश्वकर्मा, निसीखोला २०७५ कार्तिक ७ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्र निसीखोला गाउँपालिका वडा नम्बर ५ स्थित नयाँ पुस्ता नेपालको अभियान सम्पन्न भएको छ । अभियानको क्रममा जेष्ठ नागरिक नन्द बहादुर बिश्वकर्माको अध्यक्षता र नया पुस्ता नेपालका केन्द्रिय अभियान्ता राजिब बिश्वकर्माको प्रमुखको आथित्यतामा एबम कुमबिर बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको छ ।

अभियानमा निसीखोला गाउँ पालिका वडा नम्बर-५ का वडा सदस्य चुले बिश्वकर्मा, समाजसेवी भानसिह बुढामगर,निसीखोला बन उपभोक्ता संघका कोषाध्यक्ष पुनिकला बुढा मगर लगायत स्थानीय बासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अभियानमा बालबिबाह न्यूनीकरण गर्ने,जातीय छुवाछूत अन्त्य गर्ने, बहुबिबाह अन्त्य गर्ने, लागुऔषध अन्त्य गर्ने लगायत सामाजिक कुरिती र बिकृतीहरु अन्त्य गर्दै देश ब्यापीरुपमा अभियान चलाउने जस्ता सचेतक मुलक अभियान चलाइएको थियो।

अब केही दिन भित्र निसीखोला गाउँपालिका भित्र समिती गठन गरेर नया पुस्ता नेपालको उद्देश्यहरु कार्यनयनमा ल्याउने अभियान्ता कुमवीर बिस्वकर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *