गु्ल्मीमा प्रेट्रोलियम पदार्थमा मिसावट, कांग्रेसका भातृ संगठनको बिरोध !

प्रेम सुनार, गुल्मी २०७५ ,कात्तिक ७ । दशै भित्रिए लगत्तै गुल्मीको सदरमुकाम तम्घासको एक आयल स्टोर्समा पेट्रोलियम पदार्थमा मिसावट भएको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध जनाएका छन ।

तम्घास उदिनढुङ्गाको दिपक बोहरा आयल स्टोर्समा पेट्रोलमा डिजल मिसावट गरी विक्री वितरण गर्दा उपभोक्ताहरुका सवारी साधानको ईन्जिनमा समस्या सिर्जमा भएको कांग्रेस निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संगले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

तरुण दल अध्यक्ष भरत भलामी र नेवि संघका कार्यवाहक अध्यक्ष झबिन्द्र पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ –‘ चाड पर्वको मौका छोपी महँङ्गी र मिसावट गरी कालो वजारी गर्नेहरुलाई तत्काल कानुनी दायरामा ल्याई प्रशासनबाट ठोस कदम चाल्न आग्रह गर्दछौं ।

आजै ती दुई संगठन प्रमुख जिल्ला अधिकारी यदुनाथ ज्ञवाली समक्ष ज्ञापन पत्र बुझाई उक्त स्टोर्सलाई प्रशासनले कार्बाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन । सर्वसाधरण सवारी साधन उपभोक्ताहरुले समेत उक्त स्टोर्समा मिसावट भएको पेट्रोल राख्दा ईन्जिनमा समस्या आएको गु्नासो गर्दै आएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *