गुल्मी अर्जैमा हुने सराएँ नाच हेर्न हिडेका बस्नेत दम्पति मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते

प्रेम सुनार, गुल्मी २०७५ कात्तिक ७ । केहि बेर अघि गुल्मीको अर्खलेमा मोटर साईकल दुर्घटना हुँदा तीन जना गम्भीर घाईते भएका छन । सदरमुकाम तम्घासबाट हिडेको लु १३ त ८३९१ नम्वरको मोटरसाईकल विपरित दिशाबाट आउँदै गरेको लु १० प ३१८१ नम्वरको मोटरसाईकल संग अर्खलेको बु्द्ध मावि तल ठोक्किदा तीन जना घाईते भएका हुन ।

घाईते हुनेहरुमा तम्घासबाट आज अर्जैमा हुने सराएँ नाच हेर्न हिडेका ईस्मा डोढुङ्गा घर भई तम्घास धागीथुममा बस्ने २४ बर्षिय बसन्त बस्नेत उनकी श्रीमती बिष्णु बस्नेत र उताबाट तम्घास तर्फ आउँदै गरेका रेसुङ्गा नगरपालिकाका–१ का ३८ बर्षिय रवी पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रोशन खड्काले बताए ।
उनिहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । तिनै जनाको टाउँको र मुखमा चोट लागेको छ । उनिहरु गम्भीर घाईते भए पनि खतरामुक्त रहेको उनको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *