काठमाडौँका साहित्यकार पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’

बागलुङ २०७५ कात्तिक ७ । काठमाडौंका साहित्यकार बाजुराम पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७४ को उक्त पुरस्कार शर्माको महाकाव्य ‘शान्ताश्री’ का लागि प्र्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि नगद रु. १५ हजार रहेको छ ।

पुरस्कार समारोहको मिति भने पछि तय हुने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । प्रतिष्ठानले प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रिय स्तरमा साहित्य पुरस्कार वितरण गर्दै आएको छ । यसअघि १३ जना साहित्यकारले उक्त पुरस्कार पाइसकेका छन् । पाण्डुलिपीलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले विसं २०७२ सालदेखि प्रकाशित कृतिलाई पुरस्कृत गर्न शुरु गरेको हो ।

पुरस्कारका लागि देशभरबाट प्राप्त कृति मध्येबाट निरुपण मण्डलले पौडेललेको महाकाव्यलाई छनोट गरेको हो । पुरस्कृत हुन लागेका पौडेलका ‘सिर्जना फस्टाउनुपर्छ’ (खण्डकाव्य), ‘बाजुरामका कविताहरु’ (कविता सङ्ग्रह) लगाएतका कृति प्रकाशित छन् । उनी अभिनव साहित्य समाज, कपन साहित्य समाज, रमेश विकल साहित्यिक प्रतिष्ठान लगाएतका साहित्यिक संघसंस्थामा आवद्ध छन् ।

विसं २०४४ सालमा स्थापित पुरस्कार विसं २०५३ सम्म धवलागिरि अञ्चलभित्र प्रदान गरिएपनि विसं २०५६ देखि राष्ट्रिय स्तरमा प्रदान गर्ने गरिएको छ । प्रतिष्ठानले विसं २०७२ को पुरस्कार तनहुँका लेखक काशीनाथ न्यौपानेको उपन्यास कृृति ‘आत्मघात क्रान्ति’ लाई प्रदान गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *