प्रथम बडीगाड महोत्सव तथा न्वागी मेलाको तयारी तीब्र, व्यवस्थापकीय जिम्मेवारी बाँडफाँड !

कमल पौडेल, बडीगाड २०७५ कात्तिक ७ । प्रथम बडीगाड महोत्सव तथा न्वागी मेला २०७५ आयोजक समिति र विभिन्न उपसमितिका संयोजक सहितको सचिवालय वैठक खौलारमा सम्पन्न भएको छ । बैठकले महोत्सवको प्रचार प्रसार तथा समन्वय गर्न कार्तिक १० गते भिमगिठे, ग्वालीचौर र खर्वाङ वजार क्षेत्रहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, मेला प्रचारको लागि कार्तिक ८ गते विहान ८ वजे पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय गरको छ।

कार्यक्रमलाई थप व्यवस्थित गर्न, अतिथि निमन्त्रणा र व्यावस्थापनको लागि गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, स्वयंसेवक परिचालनमा दिपक वहादुर केसी, भोजन तथा आवास व्यवस्थापनमा राजन पाईजा, खाजा व्यवस्थापनमा मोहन जिसी, यातायात व्यवस्थापनमा ध्रुव घिमिरे, सजावट तथा सरसफाईमा रामचन्द्र खरेल, प्रभातफेरी व्यवस्थापनमा कमल घिमिरे, साँस्कृतिक झाँकी व्यवस्थापनमा समिर पुन, नक्सांकन तथा प्राविधिक व्यवस्थापनमा हरि घिमिरे, वजार अन्तरक्रियामा ढालेन्द्र शेरचन, प्रवेश टिकट व्यवस्थापनमा उत्तम जिसी, ध्वनी व्यावस्थापनमा धन वहादुर काउचा संयोजक रहेको उपसमितिहरुको गठन गरेको छ ।

त्यस्तै महोत्सवमा हुने मुख्य कार्यक्रमहरुको पनि व्यवस्थापन गर्न संयोजकहरु तोकेको छ । जसअनुसार पुरुष, महिला भलिवल प्रतियोगीताको लागि काजिमान गौचन, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिताको लागि राम वहादुर कुँवर, बडीगाड आइडलको लागि कमल पौडेल, सोरठी भैलोको लागि कमल खरेल, खुल्ला साँस्कृतिक कार्यक्रमको लागि टीका पाइजा, खुल्ला रेकर्ड नृत्यको लागि वुद्ध परियार, खुल्ला कविता प्रतियोगीताको लागि निलम कुमार शर्मा, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीताको लागि खिमानन्द आचार्य, म्याराथुन दौडको लागि हितमान शेरचन, शिक्षक कर्मचारी गाउँखाने कथाको लागि अर्जुन खरेल, पुरुष जनप्रतिनिधि घैंटोफोड प्रतियोगिताको लागि यज्ञ घिमिरे, महिला जनप्रतिनिधि कुर्सी दौड प्रतियोगिताको लागि मायाँ केसी, शैक्षिक प्रदर्शनीको लागि दिननाथ पौडेल, सराँय नाच प्रतियोगीताको लागि चेतनारायण आचार्य सहितको टोलीलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले महोत्सव तथा मेलाको अफिसियल मिडियाको रुपमा रेडियो सारर्थीलाई चयन गरेको छ । त्यस्तै मिडिया पार्टनरको रुपमा रेडियो पुस्पाञ्जली वामी गुल्मी, बुर्तिवाङ स्थित रेडियो परिवर्तन, रेडियो ढोरपाटन र रेडियो वुर्तिवाङलाई चयन गर्ने निर्णय गरेको छ। त्यस्तै युटुव पार्टनरको रुपमा पौडेल डिजिटल भुवाचिदी गुल्मीलाई छनौट गरेको छ ।

बैठकमा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, सचिवालय सदस्य तथा विभिन्न उपसमितिका संयोजकहरुको सहभागिता रहेको थियो । वैठक महोत्सव तथा मेला आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, उपाध्यक्ष कृष्ण भट्राईको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

स्थानिय कला संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य सहित खार वजारमा हुने प्रथम बडीगाड महोत्सव २०७५ तथा न्वागी मेलामा अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता समेत संचालन हुँदै छ । जसको लागि सात वटै प्रदेशका समुह सहित नेपाली सेना र नेपाल प्रहरीको समुह समेतको सहभागिता रहने कराँते प्रतियोगीताका संयोजक राजन पाईजाले जानकारी दिए ।

कला, संस्कृति, कृषि र पर्यटन समृद्ध बडीगाडको आधार, प्रथम बडीगाड महोत्सव तथा न्वागी मेला नमुना बडीगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि ९ गते सम्म खार वजारमा महोत्सव संचालन हुन लागेको हो । महोत्सवले कला संस्कृतिको प्रचार तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *