बरिष्ठ पत्रकार घिमिरेकी धर्मपत्नीलाई आर्थिक सहयोग !

कौरव खत्री, गुल्मी २०७५ कात्तिक ६ । गुल्मी अर्लाङ्गकोट सेवा समाज जापान अर्लाङ्गकोटले नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष एवं बरिष्ठ पत्रकार जनार्दन घिमिरेकी धर्मपत्नी शारदा घिमिरेको उपचारको लागि आर्थिक रकम सहयोग गरेको छ ।

आज वामीमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुषाल मार्फत नगद ८५ हजार रुपैया हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै कार्यक्रममा समाजका अध्यक्ष देवराज खरेलले आफ्नो संस्थाले अर्लाङ्गकोटको शैक्षिक तथा सामाजिक रुपमा सहयोगले सबै गाँउवासीहरु हर्षित भएको हँुदा अर्लाङ्गकोट सेवा समाज जापानले उदाहरणीय कार्य गर्दै आएको बताए ।

साथै सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, वडाध्यक्षहरु प्रकाश काफ्ले, नारायण सापकोटा, नरेशराज खरेल पत्रकार लगायतको उपस्थिती रहेको थियो कार्यक्रमको सञ्चालन पत्रकार कालीदास खरेलको रहेको थियो ।

स्तन क्यान्सरबाट पीडित घिमिरेलाई हाल देश तथा विदेशका बिभिन्न अस्पतालहरुमा उपचार गराइ रहेकी छन् भने उनको उपचारको लागि देश बिदेशबाट आर्थिक सहयोगहरु आउने क्रम जारी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *