ढोरपाटनको आलु र स्याउले बजार ओगटे पछी बुटवल र अन्यत्रबाट आलु आयात हुन छाड्यो !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ कात्तिक ५ । ढोरपाटनको आलुले बजार माग पुर्ति गरेसंगै पछिल्लो समयमा बुटवल क्षेत्रबाट आउने आलुको माग कम भएको छ ।

विगतमा ढोरपाटनका कृषकहरुले आफुले उत्पादन गरेको आलु , स्याउ घोडा खच्चडमा गांउमा लगेर मकै कोदो लगाएतका अन्नसंग साटफेर गर्ने र बांकी रहेको घोडा खच्चडलाई खुवाउने मदिरा बनाउने गर्ने गरेकोमा पछिल्लो समय साउन महिना देखिनै आलु र स्याउ सिमी लगाएतका लोकल, आर्गनिक उत्पादन ढोरपाटन आलु पकेट क्षेत्र सञ्चालक समितीले खरिद गरेर देशका बिभिन्न स्थानमा पुर्याउन थालेसंगै ढोरपाटन क्षेत्रका कृषकहरुले घरमै बसेर उत्पादित बस्तु नगदमा विक्री गर्न पाएका हुन् ।

ढोरपाटन बोबाङका स्थानिय ६ जना युवाहरुको सक्रियतामा गतबर्ष देखि थालिएको आर्गनिक उत्पादनको बजारीकरणले स्थानियबासी आफनो उत्पादन बिक्री भएकोमा खुसी हुनुका साथै समुहका ६ र अन्य २ गरी ८ जना युवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् ।

गत साउन महिनादेखि बिक्री गर्न थालिएको ढोरपाटनको आलु हालसम्म १५ सय क्विन्टल खरिद गरी सकिएको र अझै ५ सय क्विन्टल खरिद गरेर बिक्री गर्ने लक्ष्य रहेको सञ्चालक समितीका सचिब होमलाल भुसालले ईबागलुङलाई बताए । आफुहरुले घरमै पुगेर आलु खरिद गर्ने र नगद पैसा बुझाउने गरिएका कारण कृषकहरु समेत खुस िछन् । उता आलु उत्पादनमा युवाहरुको समेत चासो बद्दै गएका कारण कृषकहरुमा आम्दानीको श्रोत समेत बढ्दै जान थालेको हो ।

ढोरपाटनमा उत्पादन हुने आलु स्वादिलो र आर्गनिक भएका कारण बागलुङ जिल्लाका अधिकांश भाग संगै गुल्मीको भुवाचिदी, शान्तिपुर, पर्वतको कुस्मा, अर्घखांची, बुटवल तथा पोखरा काठमाण्डौ लगाएतका शहरसम्म ढोरपाटनमा उत्पादित आलुको माग बढेको छ ।

लोकल आलुको माग बढन थालेसंगै बागलुङको पश्चिम व्यापारीक केन्द्र बुर्तिबाङ बजार लगाएतका बजार क्षेत्रमा बुटवलबाट आयात हुने आलु बिक्री हुन छोडिसकेको व्यवसायीहरुको भनाई छ । समितले बुर्तिबाङ बजारमा २ वटा आलु, स्याउ राख्ने स्टोर बनाएको छ । जसमा आलु जम्मा गरेर समय समयमा आफनै ट्याक्टर मार्फत बजारीकरण गर्दे आएको छ ।


बैदेशिक रोजगारीको क्रममा धेरै देशमा हण्डर खाएका त्यहांका युवाहरुको सक्रियतामा आफनै गांउमा केहि गर्न सकिन्छ भन्ने मान्यताका साथ आफुहरुपनी रोजगारी बन्ने, ग्रामिण क्षेत्रमा उत्पादित बस्तुलाई बजारीकरण गर्ने र गांउका बेरोजगार युवाहरुलाई कृर्षि प्रणालीमा सहभागि बनाउने उदेश्य सहिते यसरी आर्गनिक खाद्य बस्तु उत्पादन र बजारीकरणमा लागिएको समितीका अध्यक्ष चिरण घर्तीमगरले ईबागलुङलाई बताए । समुहमा आबद्ध केहि युवाले ढोरपाटन देखि आलु र स्याउ बुर्तिबाङ बजार सम्म पठाउने केहिले बुर्तिबाङ बजार देखि बिभिन्न शहरमा पठाउने गरेका छन् । उता गतबर्षसम्म स्थान नपाएको ढोरपाटनको स्याउले समेत यसबर्ष ग्राहकको मन जित्न थालेको छ ।

विगतका बर्षमा स्वादिलो नहुने र दाग भएका मात्र स्याउ बजार आउंदा कसैले नरुचाउने भएपनी पछिल्लो समय स्वादिलो र आकर्षक देखिने रोयल डेलिसेस, गोल्डेन जातका स्याउ उत्पादन हुन थालेसंगै बजारमा ढोरपाटनको स्याउको माग बृद्धि भएको समितीका सचिव भुसालको भनाई छ ।

स्याउ उत्पादनका निम्ती जिल्ला कृषि कार्यालय लगाएत बिभिन्न संघसंस्थाले कृषहरुलाई तालिम समेत दिएका थिए । आलु र स्याउ बिशेष गरी ढोरपाटन नगरपालिकाको वडा नं ७, ८ र ९ को कांग, मस, नौथर गांउ, विजौली खोला, उत्तरगंगा, पाखाथर, नवि लगाएत निसीखोला गांउपालिकाको वडा नं ६ मा पर्ने निसेलढोरमा समेत उत्पादन हुने गरेको छ । कृषहरुले पाखो बारीमा जैविक मलको मात्र प्रयोग गरेर आलु उत्पादन गर्ने गरेका छन् ।

कृषकहरुको सक्रितयामा भएको आर्गनिक खाध्य बस्तुको उत्पादन, बजारीकरण र स्थायिय स्तरमै रोजगारीको सृजना भईरहंदा यसले सकारात्मक सन्देश त दिएको छ । युवा कृषहरुलाई थप हौसला दिने कार्यक्रम स्थानिय तहले सञ्चालन नगर्नु र आवस्यक तालिम, सिप ज्ञान सिकाउन समेत चासो नंदिदा कृषकहरुमा जती आकर्षण हुनुपर्ने हो त्यो हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *