निलुवामा बनभोज कार्यक्रम सम्पन्न : गल्कोट नगरपालिकाको प्राथमिकतामा निलुवा – रेणुका काउचा

चन्द्रमणी न्यौपाने, गल्कोट २०७५ कात्तिक ५ । निलुवा पर्यटकीय क्षेत्र प्रबर्द्धन केन्द्र गल्कोट नगरपालिका ४ को आयोजनामा पर्यटकीय क्षेत्र निलुवामा बनभोज तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

बनभोज कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले पर्यटकीय क्षेत्र निलुवालाइ गल्कोट नगरपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखिएको र यसको बिकासमा गल्कोटबासी हातेमालो गरेर अगाडी बढ्न आग्रह गर्नुभयको थियो । काउचाले समथर भुभाग, घना जङ्गल, विभिन्न जंगली जनावर र जडिबुटिले भरिपुर्ण पर्यटकीय क्षेत्र निलुवाको बिकासमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन ।

सोही अबसरमा वडा अध्यक्ष बलबहादुर खत्रीले वडाका योजनामा निलुवालाइ बिशेष प्राथमिकताका साथ समाबेश गरिने बताए । साथै निलुवा पर्यटकीय क्षेत्र प्रबर्द्धन केन्द्रका अध्यक्ष ओमकार सुबेदीले निलुवामा पर्यटन प्रबर्द्धन गर्नका लागि छिट्टै सिखर शैलिको मन्दिर निर्माण र कृषि तथा पर्यटन सहकारी स्थापना गरि लगानिको बाताबरण सृजना गर्न सबैलाइ सहयोग गरिदिन आग्रह गरे। सुबेदीले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्दै गल्कोटबासी सबैको अपन्त्व हुनेगरी निलुवालाइ बिकास गर्न आफू लागि पर्ने पनि बताए । कार्यक्रममा पर्यटनप्रेमी भुपेन्द्र खत्री, गल्कोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भन्डारी, निलुवा समाज जापानका सचिब थम बहादुर क्षेत्री, गोल्डेन फ्युचर बोर्डिङ स्कुलका पृन्सिपल चुडामणी सुवेदी, सयपत्री बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष चिन्तामणी शर्मा , कल्पना भन्डारी, बिराज सुवेदी लगायतले निलुवाको बिकास सम्बन्धी धारणा राखेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले निलुवाको बिकासका लागि मोटरबाटो, विद्युत, खानेपानी र सार्बजनिक जग्गा एकीकरण गर्ने जस्ता पुर्बाधारको बिकास गरि जडिबुटी प्रसोधन केन्द्र, रंगशाला, विभिन्न कृषि फार्म, बिपसना सेन्टर, अर्गानिक खेती पकेट क्षेत्र निर्माण गर्ने, निलुवामा घुम्टे सिद्ध बराहबाट कागले दियो लियर खसालेको भन्ने किम्बदन्ती अनुसार बराह मन्दिर निर्माण गरि धार्मिक तथा पर्यटकीय स्थलको रुपमा बिकास गर्न सकिने धारणा राखेका थिए ।

बनभोज कार्यक्रम गल्कोट नगरपालिका वडा नम्बर ४ चमुवाका सहभागी र निलुवा समाज जापानका सचिब थम बहादुर क्षेत्रीको आर्थिक ब्याबस्थापनमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *