घाईते निशा सापकोटाको उपचारार्थ मालिका समाज जापानव्दारा आर्थिक सहयोग !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ कात्तिक ४ । बागलुङ नगरपालिका ५ की निशा सापकोटालाई मालिका सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ । २०७५ असोज १२ गते माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर गम्भीर घाईते भई हाल मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी सापकोटाको खुट्टा २–३ ठाँउ बाट भाँचिएको र मेरुडण्डको मुख्य नशा चुडिएको छ ।

उपचार खर्च महङ्गो पर्ने र पारिवारिक अवस्था कमजोर रहेकोले कर्म भुमीमा रहेको मालिका समाज जापानले संकलन गरेको ४ लाख ४८ हजार २सय ९४ रुपैयाँ आईतवार बागलुङ नगरपालिका वडा नं ५को कार्यलयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

मालिका समाज जापानका सल्लाहकार सदस्य तारा प्रसाद सापकोटा र समाजका सदस्य नन्दु सापकोटाले सापकोटा परिवारलाई हस्तान्तरण गरिएको थियो ।

निशा सापकोटाको उपचारमा अहिले सम्म वडा अध्यक्षको पहलमा करिव १० लाख सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरेको वडा अध्यक्ष शिवप्रसाद सापकोटाले ईबागलुङलाई बताए ।

रकम हस्तान्त्रण कार्यक्रममा वोल्दै पुर्र्व राज्य मन्त्री रामजी प्रसाद शर्माले एक मानवलाई दुख पर्दा अर्का मानवले सहयोग गर्नुनै मानवियता भएको भन्दै मालिका समाज जापानले गरेको सहयोगको प्रसंसा गर्दै सापकोटा परिवारको लागि आफुले सक्दो सहायोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मालिका समाज जापानका सल्लाहकार तारा प्रसाद सापकोटा, सदस्य नन्दु सापकोटा,पुर्व गाविस अध्यक्ष कृष्ण राज शर्मा, समाजसेवी हरिप्रसाद शर्मा लगाएतले मन्तब्य राखेका थिए ।

बडाअध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बडा सचिव शिव बहादुर थापा र संचालन बडा विपद व्यवस्थापन समिति सदस्य कोपिला खरेल सापकोटाले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *