नव प्रगतिशील युवा क्लबको दशै विशेष कार्यक्रमको उद्घाटन !

देवेन्द्र पुन, तमान २०७५ कात्तिक ४ । तमानखोला गाउँपालिका-१, स्याउला अवस्थित नव प्रगतिशील युवा क्लबको दशै बिशेष कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ।
बुद्ध प्राथमिक विद्यालयको प्रांगणमा आयोजित उक्त समारोहमा नेपाली कांग्रेस युवा नेता जित शेरचन प्रमुख आतिथ्यता रहेको थियो भने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको बिशिषट आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रममा बुद्ध प्राथमिक बिद्यालय स्याउलाका प्र.अ.नन्दप्रसाद घर्ती,नेपाली कांग्रेस तमानखोला गाउँपालिका संयोजक खगेन्द्रमान पुन,वडा सदस्य दिल बहादुर बि.क., क्लब सल्लाहकार देवेन्द्र घर्ती र डल प्रसाद पुनले मन्तव्य राखेको थिए भने बिर्ख रसाइलीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम संचालन क्लब सचिब कबिन्द्र सिउथानीले गरेका थिए।

अन्य खेलकुद कार्यक्रमहरु भने भोलि देखि सञ्चालन हुने आयोजक समितिले जनएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *