आजको तस्वीर : दशैँको टीका पूर्णिमा सम्म ।

कुसुम थिङ, बागलुङ २०७५ कात्तिक ४ । नेपालीहरु बुबा, मुमा, मान्यजनहरुबाट सुख सम्वृद्धी एवं आशीर्वादको रुपमा दशैँको टीका जमरा लगाउने गर्छन । विजया दशमीको दिन देखी पूर्णिमा सम्म आफन्त मान्यजनबाट टीका जमरा थाप्नेक्रम जारी रहेको छ । दशैँको दिन लगाएको टीका पूर्णिमा सम्म निधारमा राख्ने चलन छ ।

घर व्यवहार र काम विशेषले परिवारबाट अलग हुनु पर्दाको पीडा यसै बडा दशैँमा सबै एकै ठाउँ जम्मा भएर दशैँमा टीका लगाउने नेपालीहरुको प्राचीन परम्परा रही आएको छ ।

बागलुङ जिल्लाका ढोरपाटन नगरपालिकाको सुदूर साबिक बोवाङ गाविसको बोवाङ गाउँमा बिबिध कारणबस झण्डै बाह्र वर्ष पछी पाँच भाई जम्मा भएर बाबु आमाको हातबाट टीको थापेको बताउछन्् बुर्तिवाङ बजारमा बस्दै आएका युवा व्यवसायी दिपक कुमार अदै ।

उता तमानखोला गाउँपालिकाका युवा बसन्त घर्तीमगर भन्छन् गाउँघरमा रमाईलो गरी दशैँ मनाईएयो र यो क्रम कोजाग्रत पूर्णिमा सम्म जारी रहन्छ । हाम्रो गाउँमा ९० वर्षका हजूर बुबा हरिलाल घर्तीमगरको हातबाट टीका जमरा सहित आशीष थाप्दा निकै मीठो अनुभूति मिलेको उनले ईबागलुङलाई बताए ।

तमानका ९० वर्षिय बृद्ध हरिलाल घर्ती मगरबकाट टीका थाप्दै बसन्त घर्ती मगर ।
बडीगाड गाउपालिकाबाट सहकर्मी कमल पौडेलले परम्परा अनुसार नै बडा दशैँ मनाईदै आईएको जानकारी दिँदै दशैँ प्र्र्रति स्थानीयबासीमा रत्तिभर श्रद्धा कम नभएको बताए । पत्रकार पौडेलले आआफ््नो चलन अनुसार निधार भरी टीका लगाउने, कानको कापोमा जमरा घुसार्ने, टोपी भित्र जमरा फुल घुसारी दिने गरिन्छ ।

विवाह गरी गएका छोरीहरु, रोजगारी वा अन्य कारण घर बाहिर गएका छोरा बुहारी, नाती नातिनाहरु बडा दशैँमा जुन सुरतले भएपनि घरमा आउन लालायित हुन्छन् । दशैँको चाड, परिवारका सदस्यहरु भेला भएर खुशियाली मनाउने यो अति मीठो परम्परा नेपालीहरमा रहि आएको छ ।

यसैगरी गल्कोटबाट सन्चार सहकर्मी घनश्याम गौतमले पनि मान्यजनहरुबाट टीका जमरा लगाउने क्रम चालु रहेको र यो पुर्णिमा सम्म चल्ने बताए । टीका जमरा लगाउने परम्परागत चलनमा कुनै परिवर्तन छैन, उनले भने आआफ्नो रुची अनुसार मनपर्ने रातो सेतो रंगका अक्षेताको टीका लगाउने गरिन्छ ।

बुर्तिवाङबाट सहकर्मी टीकाराम भट्टराईले बुर्तिवाङ आसपासमा दशैँको टीका लगाएका माथिका तस्वीरहरु पठाएर चाडपर्व प्रति स्थानीयको ममत्वलाई उजागर गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *