नेष्डो नेपालको १६ औं लघुवित्त अभियान दिवस बुर्तिबाङमा सम्पन्न !

बिमल खड्का, बुर्तिवाङ २०७३ पुस २० । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको १६ औं लघुवित्त अभियान दिवस एवं शाखा स्तरीय वार्षिक समीक्षा गोष्ठी बुधवार बुर्तिबाङमा सम्पन्न भएको छ । राजनीतिक सहमती, संविधान कार्यान्वयन, महिला हिंसा र बालश्रमको अन्त्य सहित आर्थिक समिद्धिका लागि जनदवाब भन्ने अभियान दिवसको अवसरमा उक्त गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेष्डो नेपालका अध्यक्ष विश्व प्रकास प्रसाईले महिला, विपन्न एवं बन्चितमा परेका परिवारको चेतना संगठन एवं आयआर्जनको माध्यमबाट जीवनस्तर सुधार ल्याउनका लागि नेष्डो नेपाल संस्था सधै सक्रिय रुपमा समर्पित रहेको बताए । उनले यस संस्थाले बचत गर्ने मात्र नभई पेशा व्यवसायमा आवद्ध हुन र इमान्दार बन्न समेत सिकाएको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य टंक पौडेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका नायव निरीक्षक नारायण, समाजसेवी ज्ञानप्रसाद कँडेल, सामुदायिक रेडियो परिवर्तनका बिमल खड्का, रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कँडेल, महिला प्रतिनिधि लिलमाया पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा संस्थामा आवद्ध सदस्य बाबुराम खरेललाई २० हजार रुपैयाको सावा व्याजसहित कर्जा मिनाह गरि थप २ हजार ९ सय ५० रुपैया नगद क्रिया खर्च प्रदान गरिएको थियो । त्यसै गरि अर्का सदस्य इन्द्र कुमारी थापाको मृत्यु भएकाले ११ हजार रुपैया कर्जा मिनाहा गरिएको बताइएको छ । साथै कार्यक्रममा शाखाको बुर्तिबाङ सेवा केन्द्र अन्तरगतका ८१ बचत समूह मध्य नियमित बचत र अन्य कार्य सम्पादन मूल्यांकनका आधारमा ३९ औं समूह प्रथम, ५५ औं समूह द्धितीय, ९ नम्बरको समूह तृतिय र १ नम्बरको समूह सान्त्वना भएका थिए ।

साथै संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई समेत सोही अवसरमा कदर पत्रले सम्मान गरिएको थियो । नेष्डो नेपाल बुर्तिबाङ शाखाकी प्रबन्धक पुष्पा सेनको अध्यक्षता र लघुवित्त विभागीय प्रमुख विश्वबन्धु प्रसाईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन संस्थाका शाखा अधिकृत ईश्वरी शर्माबाट भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *