पवास : दुबईमा बिजया दशमीको शुभकामना आदान प्रदान तथा सामुहिक टीका ग्रहण सम्पन्न !

सचिन्द्र श्रेष्ठ,दुबई २०७५ कार्तिक ३ । नेपाली समुदाय यूएईले “राक्षस मैसासुर माथी दुर्गा भवानीको बिजय ” अर्थात असत्य माथी सत्यको जीतको प्रतिक मानिने सनातान हिन्दुधर्मावलम्बी नेपालीहरुको महान चाड बडा दसैं /बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा टीका ग्रहण कार्यक्रम सम्पन्न गर्यो।

ख्यातिप्राप्त प्रसिद्ध ज्यो.पं. डा. रुद्र नाथ अधिकारीको हात बाट टीका तथा आशिर्बाद ग्रहण गर्ने भनिएकोमा उहाको बुबाको अचानक स्वर्गाराहण भएकोले उपस्थित हुन नसकेकोमा मृत आत्माको शान्तिको लागि समबेदना प्रकट गर्दै उपस्थित नेपाली समुदाय सँग आबद्द नेपालीहरुलाई कमल दाहालको हात बाट टीका तथा आशिर्बाद ग्रहण गर्दै दुबईको जबिल पार्कमा भब्यताका साथ दशै सम्पन्न गरीएको थियो।

का. वा .अध्यक्ष अमित सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सामूहिक टीका लगाइएको थियो भने उपस्थित समुदायसंग आबद्द नेपालीद्वारा दशैको एक आपसमा शुभकामना आदान प्रदान गरियो।

करीब ४० जना बिभिन्न स्थानबाट उपस्थित रहेका नेपालीहरुले खानाका अलग अलग प्रकार, नाच गान,मनोरन्जन गरी सामूहिक टिका ग्रहण सहित उक्त कार्यक्रम समापन गरिएको थियो।’आगामी दिनमा अझै भब्य तरिकाले संपूर्ण नेपालीलाई उपस्थित गराई हर्ष उल्लासका साथ कार्यक्रम गर्ने साथै आपसी भाईचारा, बन्धुत्व कायम रहन मद्दत पुग्ने समेत का. व. अध्यक्ष अमित सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *