आजको तस्वीर : कालिका देवीको जय होस !

कुसुम थिङ, बागलुङ २०७५ असोज ३१ । आज नवदुर्गाको महाष्टमी तिथी, बागलुङ कालिका देवीको मन्दिरमा श्रद्धालुहरुको अपार भीड लाग्यो । बागलुङ कालिका देवीप्रति विश्वास राखी आफ्नो मनोकांक्षा पूर्णहोस भनि कामना (भाकल) गर्ने हजारौँ भक्तहरुको कालिका देवीले मनोक्षा पूरा गर्छिन भन्ने मान्यत रहि आएको छ ।

आज महाष्टमीको पावन अवसरमा कालिका देवीको पूजा अर्चनाका लागि आउने श्रद्धालुहरुमा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी पनि एक हुनुहुन्थ्यो । आफुले बागलुङ कालिका देवी प्रति आस्थाभाव राखी मनले चिताएको (भाकल) कुरा पुगेको हुनाले विशेष पूजा गर्न आएको बिचार व्यक्त गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् ।

आफुप्रति श्रद्धाभाव राख्ने श्रद्धालुहरुको मनोकांक्षा बागलुङ कालिकाले पूरा गर्छिन भन्ने मान्यतको यो एक ज्वलन्त उदाहरण हो । त्यसैले, बागलुङ कालिका देवी प्रति श्रद्धालु भक्तहरुको अपार स्नेह बढिरहेछ ।

कालिका देवीको जय होस !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *