जापान समाज विहुँको शुभकामना आदान प्रदान सम्पन्न

भरत सापकोटा बिहुँ बागलुङ २०७५ असोज ३१ । जापान समाज बिहुँकोटले आज शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली सेनाको अर्जुनवाण गणका घोँडाबाँधेका मेजर गोबिन्द थापा प्रमुख अतिथि रहेको कार्यक्रमको सन्चालन जापान समाज बिहुँकोटका सचिब भिष्म कडेंलको रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशंकर सुवेदीको रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा भिमसेन क्याम्पसका प्रमुख बालाकृष्ण कडेल, प्रध्यापक हिरा कडेंल, गगा कडेंल, लिला कडेंल, नविन प्रसाद कडेंल, ज्ञानकुमारी श्रीष शर्मा, ग्यामनाथ कडेंल, रेड्क्रस बिहुँ शाखा अध्यक्ष भुवानि प्रसाद , आशिर्वाद कलेजका प्रध्यापक योगराज गौतम समाजसेवी जगदिशचन्द्र उपाध्याय, बिहुँकोट समाज जापानका उपाध्यक्षहरु इन्द्रलाल सुवेदी, सुमन कडेंल, सदस्य टिकाराम कडेंल, वडा ५वडा अध्यक्ष शिवप्रसाद कडेंल, वडा ६वडा अध्यक्ष युक्तप्रसाद कडेंल, वडा १का वडा अध्यक्ष खडक थापा, वडा ५की वडा सदस्य खगिसरा न्यौपाने, जापान समाज बिहुँकोटका कोषाध्यक्ष नारायण कडेंल, राजु लगायतले शुभकामना ब्यक्त गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *