सिगाना माविको पुर्व विद्यार्थी मञ्चको अध्यक्षमा खेमराज गौतम

बागलुङ, २०७५ असोज ३१ । बागलुङ नगरपालिका–८ मा रहेको सिगाना माध्यमिक विद्यालयमा पुर्व विद्यार्थी मञ्च गठन गरिएको छ । खेमराज गौतम ‘सुवास’ अध्यक्ष रहेको ११ सदस्यिय तदर्थ समिति गठन गरिएको हो । मञ्चको उपाध्यक्षमा सुरक्षा खड्का, सचिवमा सुर्यबहादुर विश्वकर्मा, सहसचिवमा लोकबहादुर खड्का, कोषाध्यक्षमा रामबहादुर खड्का रहेका छन् ।

यस्तै सदस्यहरुमा इन्द्रा खड्का, दयाराम शर्मा, मेघराज खड्का, कृष्ण बिक, कृष्ण खड्का रहेका छन् । यस्तै छलफलले मञ्चको सल्लाहकारमा जितबहादुर क्षेत्री ‘राजन’, मेजर तेजबहादुर खत्री, गोपालकुमार शर्मा, छमबहादुर कार्की, नारायण गौतम, उपेन्द्र गौतम, रामबहादुर खड्का, सन्देश जिसी र कानुनी सल्लाहकार रमेश खड्कालाई चयन गरेको छ ।

कार्यक्रममा बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष राजिन जिसीले विद्यालयमा आवश्यक भौतिक संरचना निर्माण देखि गुणस्तर अभिबृद्धि सम्मका काममा पुर्व विद्यार्थीहरुले सहयोग गर्नुपर्ने बताए । विगतका दिनमा अध्ययन गरेका विद्यार्थीहरु अहिले रोजगारको शिलशिलामा विदेश गएकाले उनीहरुसंग पनि सहकार्य गर्दै नमुना विद्यालय निर्माणमा लाग्न आग्रह गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *