वामीमा नौमति वाजा महोत्सवको तयारी तीब्र, गुल्मी र बागलुङका १० टीमले भाग लिने !

कमल पौडेल, वामी गुल्मी २०७५ असोज ३१ । वामी विश्व सम्पर्क मञ्चको आयोजनामा मुसिकोट नगरपालिका वामी टक्सारमा हुने दोश्रो नौमति वाजा महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि कार्तिक ५ र ६ गते हुने नौमति वाजा महोत्सवमा पूर्व उपप्रधानमन्त्री टोप वहादुर रायमाभीmले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाभीm, जनगायक जीवन शर्मा, संगीतकार, विजु वज्र, गायक नविन पौडेल, गायक लक्ष्मण खड्का, सन्तु थापा, शान्ता परियार, हाँस्यकलाकार सुरज भिरखैरे लगाएत कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।

सो महोत्सवमा गुल्मी तथा बागलुङ जिल्लाका विभिन्न स्थानका झण्डै १० समुहको सहभागिता रहने कार्यक्रम संयोजक वैकुण्ठ रायमाझीले जानकारी दिए । रायमाझीले भने–‘ यस अघि पनि हामीले नौमति बाजा महोत्सव राखी सकेका छौं, यो दोश्रो महोत्सव हो । यस आयोजनाले लोपोन्मुख अबस्थामा रहेका नौमाति बाजाहरुको संरक्षणमा टेवा पुग्ने उद्देश्यका साथ विभिन्न मुलकबाट दशै मान्न आएका हामी वामीवासीले यस्तो जमर्को गरेका हौं ।
कार्यक्रममा नौमति वाजामा प्रथम, व्दितिय, तृतिय हुने, वाजातालको नृत्यमा उत्कृष्ट हुने पुरुष तथा महिलालाई पुरस्कृत गरिने तथा उत्कृष्ट सहनाइ वादकलाई स्टुडियोमा सहनाइ वजाउने अवसर दिइने प्रचार संयोजक रामकृष्ण कंडेलले बताए । त्यस्तै महोत्सवको टेलिभिजन तथा युटुव च्यानलमा प्रशारण गरिने र सो मार्फत हुने आम्दानीलाई सामाजिक कार्यमा खर्चिने योजना रहेको कार्यक्रम संयोजक रायमाझीको भनाई छ । महोत्सववाट नौमति वाजाको उत्थान, प्रवद्र्धनमा सहयोग पुग्ने र स्थानिय कला संस्कृतिको प्रचार प्रसारमा सहयोग पुग्ने आयोजकले जनाएको छ । वामी विश्व सम्पर्क मञ्चले २०७२ को मंसिरमा पनि नौमति महोत्सवको आयोजना गरेको थियो। मञ्चले वामीमा संस्कृति प्रवद्र्धन संगै विविध कार्यक्रम संचालन गर्दै आएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *