कालो बजारीको मारमा परे उपभोक्ता !
यस्तै भाे, यसपालीको दशैँ : गोदाममै थन्कियो चीनी, सुपथ मुल्यको पसलमा नून मात्रै !

कुसुम थिङ, बागलुङ २०७५ असोज ३१ । नेपाल साल्ट ट्रेडिङले बागलुङ बजारमा सन्चालन गरेको सुपथ मुल्यको पसलमा चीनी बिक्रीमा राखिएन । सरकारले चीनीमो मुल्य निर्धारण गर्न नसक्दा उपभोक्ताहरु महंगो मुल्यमा चीनी किनेर दशै चलाई रहेका छन् । चीनीको बजार भाउ पसलै पिच्छे फरक फरक छ । उपभोक्ताहरु एक केजी चीनी रु ७५ देखी रु ८०।८५ सम्म तिरेर चीनी किनी रहेका छ्न् ।
साल्ट ट्रेडिङका प्रमुख मनोज श्रेष्ठ भन्छन, ‘हामीसंग चीन प्रशस्तै छ, मूल्य निर्धारण नहुँदा गोदाम मै थन्किएको छ । सुपथ मुल्यको पसलमा नून मात्र विक्री गरिएको छ ।’

उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ भन्छन्, ‘चीनीमा कालो बजारी भएको छ, उपभोक्ताहरु ठगिएका छन् । सरकारले दशैँ जस्तो महान चाडमा पनि चीनीको मुल्य निर्धारण गर्न नगरेर कालोबजारीलाई खुलेआम बढावा दिएको छ ।’

यसपटकको सुपथ मुल्यको पसलको उद्घाटनपनि गरिएको छैन, चीनीको मुुुल्य निर्धारण भएर विक्रीमा राखिएपछी उद्घाटन गर्ने कुरा थियो, साल्ट ट्रेडिङका प्रमुख श्रेष्ठले भने ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *