राष्ट्रिय जनमोर्चा पैयुथन्थापको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

तिलक थापा, कुस्मीसेरा (जैमिनी) २०७५ असाेज ३१ । राष्ट्रिय जनमोर्चा जैमिनी –९ पैयुथन्थापले २०७५ असोज ३० गते बिजया दशमी, दिपावली र छद पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा जनभेटघाट कार्यक्रम पैयुथन्थापको लाम्सुमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद तथा प्रदेश मामिला सभापति कृष्ण थापाले बिजया दशमी, दिपावली र छद पर्वको अवसरमा शुभकामना दिदै “सरकारले हिजो प्रतिबद्धता गरे अनुसार काम गर्न नसकेकोमा आक्रोश व्यक्त गरे । उनले चाडपर्वको बेला करबृद्धि, महङ्गी र यातायात क्षेत्रको भाडा बृद्धि तथा सिण्डीकेटले जनतालाई मार पारेको अाराेप लगाए । जनआकाक्षा बिपरित सरकार अगाडी बढ्ने हो भने जनताले यो महङ्गो व्यवस्था खारेज गरिदिने समेत उनले अाग्रह गरे ।”

कार्यक्रममा बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अतिथि अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा जैमिनी नगर अध्यक्ष डिल बहादुर श्रीस लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य लाल बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिका अध्यक्ष तथा जिल्ला सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य यम पुन, वडा सदस्यहरु सान्तकला शर्मा, बिष्णुकला दर्जी, नविन थापा, दिलिप थापा, समाजसेवी दिपेन्द्र थापा लगायतको आतित्थ्यता रहेको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा जैमिनी–९ पैयु वडासमितिका अध्यक्ष मेघराज शर्माको अध्यक्षता, वीरेन्द्र थापाको सञ्चालन र शान्तकला शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेस र नेकपा परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रबेश गर्नु हुने नेपाली काग्रेस पैयु थन्थाप पुर्व सचिव दल बहादुर राना, नेकपाका कृष्ण बहादुर थापा लगायतका नव प्रवेशीहरुलाई प्रमुख अतिथि थापाले अबिर र फुलमालाले स्वागत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *