आज महाष्टमी : कालिका मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीको विशेष पूजा गरिदै !

बागलुङ २०७५ असोज ३१ । आज हिन्दुहरुको महान पर्व बडा दशैँको आठौँ दिन अर्थात महाष्टमी बागलुङ कालिका भगवती मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीको विशेष पूजन गरिन्छ । यसका लागि श्रद्धालुभक्तजन बिहान सबेरै देखी मन्दिर परिसरमा भेला भएको देख्न सकिन्छ ।

कालिका भगवती मन्दिर भित्र रहेको मण्डपमा स्थापित गरिएको चाँदीका तीन मुकुटहरुलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको रुपमा पूजन गरिन्छ । बडा दशैँका अवसरमा मन्दिरमा रहेका महाकाली महालक्ष्मी र महासरस्वतीका मुकुटहरुमा गरगहनाहरु लगाएर सिँगारिएको हुन्छ ।

मन्दिर परिसरमा दुर्गा सप्तशती र देवी स्तोत्र पाठ गर्नेहरुको भीड लागेको छ । राती कालरात्रिका रुपमा पशु बलीको विधि र पूजाआजासहित मनाउने गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *