नारी दिवसको अवसरमा अनेमसंघको ग्वालीचौरमा भेला सम्पन्न !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ फागुन २६ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ ग्वालीचौरको गाउँ अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनको सम्वोधन गर्दै नेकपा एमाले जिल्ला कमिटि वागलुङका उपसचिव विष्णु भुसालले सवै कार्यकर्ता निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा पूर्व जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचन, जिल्ला कमिटि सदस्य जीवन कुँवर, जिल्ला निर्वाचन कमिटि सदस्य गुणानिधि घिमिरे, क्षेत्रिय सचिव वेद प्रसाद घिमिरे, क्षेत्रिय सदस्य कविराज सुनार, रोज महम्मद मिँया, गाउँ कमिटि अध्यक्ष कमलराज आचार्य लगाएतले वोलेका थिए ।

अधिवेशनले विष्णु माया घिमिरेको अध्यक्षतामा २९ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ। जसको उपाध्यक्षमा दिलमाया खाती, सचिवमा सिता आचार्य, कोषाध्यक्ष मैना सुनार, सहसचिव आषा आचार्य लगाएत रहेका छन् ।

त्यस्तै हरिकला घिमिरेको अध्यक्षतामा अखिल नेपाल महिला संघको वडा नं. ७ को वडा कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा मनिकला विक, सचिव हिरा वोहोरा, कोषाध्यक्ष निर्मला घिमिरे, सहसचिव जानकी परियार लगाएत रहेका छन् । कार्यक्रम क्षेत्रिय सदस्य उषा घिमिरेको अध्यक्षता तथा अनेरास्ववियू जिल्ला सदस्य सदिक्षा घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.