नर्सिँहकोटमा दशैँ मेला युवाहरुलाई सामाजिक क्षेत्रमा जुट्न अध्यक्ष पौडेलको आग्रह

छविलाल पाण्डे, बागलुङ २०७५ असोज ३१ । निसीखोला गाउपालिका ७ साविक राजकुत गाविसको नर्सिङकोटमा दशै बिशेष मेला तथा नर्सिङकोट महोत्सबको मंगलबार उद्घाटन गरिएको छ ।

नरसिंह कोट संरक्षण समिती र गौमुखी युवा क्लब व्दारा आयोजित दशै बिशेष मेला तथा महोत्सबको निसीखोला गांउपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गर्दे युवाहरु समाज रुपान्तरणको सम्वाहक रहेको बताए । उनले समाज रुपान्तरणका निम्ती युवाहरुको भुमिका महत्वपूर्ण रहने भन्दै बर्षमा एकपटक मात्र खेलकुद कार्यक्रम गरेर समाज अगाडी बद्न नसक्ने भएका कारण आर्थिक उपार्जन र बिकास निर्माणमा युवाहरुले साथ दिएमा गांउपालिकालाई चांडै समृद्धिको दिशामा बढ्न सकिने भएका कारण सामाजिक कार्यक्रम अग्रसर बन्न आग्रह गरे । शर्माले नर्सिङकोट मेला प्रर्यटकिय हिसाबले महत्वपूर्ण रहेको बताउंदै नर्सिङकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न मठ मन्दिरको व्यवस्थापन गरीने बताए ।

क्लब अध्यक्ष सुनिल कुवंरको अध्यक्षतामा आयोजित कार्यक्रम निसीखोला गांउपालिका वडा नं ७ का वडा अध्यक्ष नहकुल कुवंर, सहयोग दाता, समाजसेवी, बुद्धिजिवी, लगाएतको आतिथ्यता रहेको जनाईएको छ ।

कार्यक्रम क्लबका खेलकुद संयोजक डेमलाल श्रेष्ठको स्वागत रहेको कार्यक्रम झरना कंडेलको सञ्चालनमा सम्पन्न
भएको थियो ।

हिजै खेलकुद तथा सांस्कृतिक कार्यक्रम भएका छन् । जसमा हुल्दी युवा क्लब र ह्याप्पि योङ हर्पे अघिल्लो चरणमा प्रवेश गरेका छन् । कार्यक्रममा राष्ट्रिय कलाकार प्रकाश सपुत र स्थानिय कलाकारको बजोड सांगीतिक प्रस्तुती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *