सिवाईसीले विभिन्न ठाउँमा विविध कार्यक्रमहरु गरी नारी दिवस मनायो !

सुमन जि.सी, बागलुङ, २०७३ फागुन २६ । १०७ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा “बद्लीदो परिवेशमा कामकाजी महिला, सन् २०३० सम्ममा बराबरी पाईला” भन्ने अन्तराष्ट्रिय नारा र “महिला समानको अधिकार, सिपयूक्त हात र स्वरोजगार” भन्ने राष्ट्रिय नाराका साथ चारतारे युवा क्लव सिवाईसी नेपालद्धारा सञ्चालीत लघुवित्त कार्यक्रम अन्तर्गत संस्थाको अक्षते शाखा कार्यालय बागलुङ र सिवाईसी लघुवित्त कार्यक्रम गाविस स्तरीय सञ्जाल विहुँको संयूक्त आयोजनामा विहुँ ६ पोखरामा, हटिया शाखा कार्यालय बागलुङ र सिवाईसी लघुवित्त कार्यक्रम हटिया गाविस स्तरीय सञ्जाल हटियाको आयोजनामा हटिया बजारमा, शान्तिपुर शाखा कार्यालय गुल्मीको आयोजनामा शान्तिपुर बजारमा र नारी शक्ति बुर्तिवाङले आयोजना गरेको कार्यक्रममा संस्थाको तर्फवाट आर्थिक सहयोग मार्फत र विभिन्न लघुवित्त कार्यक्रमका सञ्जाल र केन्द्रहरुमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी विविध कार्यक्रमहरु गरी भव्य रुपमा मनाएको छ।

संस्थाले कार्यक्रम सञ्चालित ठाउँहरुमा ¥याली सहित स्थानीय बजार परिक्रम गरी नारी दिवसको अवसरमा शुभकामना आदन प्रदान, महिला हिंसा सम्वन्धी लोक गीत प्रतियोगिता, सास्कृतीक कार्यक्रम लगाएतका कार्यक्रमहरु मार्फत नारी दिवस मनाएको हो ।

विभिन्न ठाउँका कार्यक्रमहरुलाई सम्वोधन गर्दै प्रमुख अतिथी संस्थाका कोषाध्यक्ष विमला गुरुङ र संस्थाका कार्यसमिति सदस्य सीता शर्माले भाषाण र नारामा मात्र महिलाहरुले अधिकार पाएको बताउदै देशले वर्तमान अवस्थामा महिलाहरुलाई देशका महत्वपूर्ण नेतृत्व तहमा स्थान उपलब्ध गराएता पनी कमजोर कानुनी प्रावधान र नेपाली समाजमा व्याप्त अतिवादी सोच र सङ्किण धार्मिक चिन्तनले गर्दा ग्रामिण क्षेत्रका महिलाहरुको अधिकार नारामा मात्र सिमीत रहेको धारण राखेका थिए । ग्रामीण क्षेत्रका महिलाहरुको शशक्तिकरणका लागि उनीहरुको आर्थिक स्रोतमा पहुँच बृद्धि गर्ने कार्यक्रमहरुको आवश्यक रहेको बताएका थिए ।

संस्थाले विशेष गरेर लघुवित्त कार्यक्रम मार्फत करिब ३८ हजार महिला दिदि वहिनीहरुको आर्थिक पहुँच बृद्धि र शशक्तिकरणका क्षेत्रका कार्य गर्दै आईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.