कांग्रेसको शुभकामना आदान प्रदान सम्पन्न : अवसरबादीले पार्टी छोडेर जादैमा केहि फरक पर्दैन !

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ असोज ३० । नेपाली कांग्रेस ढोरपाटन नगर कमिटीको आयोजनामा मंगलबार शुभकामना आदान प्रदान एंव चियापान कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दुहरुको महान चाड शुभ विजया दशमी, दीपावली, तथा छठपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली कांग्रेस ढोपाटन नगर कमिटीका निमित्त सभापती वानबहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य मेशलाल शर्मा, महाधिवेशन प्रतिनीधि सोम पौवी यामु, नेपाली कांग्रेस महिला संघ क्षेत्रिय सभापती लिलमाया पुन, केन्द्रिय सदस्य दिलमाया पौवी, चेम्बर अफ कमर्स ढोरपाटन नगर संयोजक दिपक कुमार अदै लगायतले एक जना अवसरवादीले पार्टी छोडेर जाँदैमा काँग्रेसलाई केहि फरक नपर्ने बताएका थिए ।

उनिहरुल दई तिहाई बहुमतको सरकारमा दम्भ बढी तर काम कम भएको बताउंदै सरकारको दम्भले जनतामा नैरास्यता मात्र
दिएको आरोप लगाए ।

सरकार प्रति जनताको आशा र अपेक्षा धेरै भएपनी गफ मात्र गर्ने तर व्यबहारमा फरक काम गर्ने सरकारको आफु भित्रैबाट प्रतिबाद भईरहेको बताउंदै यो सरकार धेरै नटिक्ने जिकिर गरेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस ढोरपाटन नगर समिती सदस्य बुद्धजंग सिर्पालीले सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *