नवदुर्गाको अवसरमा मुक्तिनाथ बेद बिद्याश्रममा १ सय ४० जना कन्याको पुजन

कोपिला कंडेल, बागलुङ, २०७५ असोज ३० । श्री रंङ्गवैङ्कटेश मुक्तिनारायण मन्दिर मुक्तिनाथ बेद बिद्याश्रम तिरुपति बालाजी धाम कुडुले फेदीले आज १ सय ४० जना कन्याहरुलाई सम्मान गरेको छ । बडादशै अन्तर्गत नवदुर्गाको अवसर पारेर धामले यहांका १ सय ४० जना कन्यालाई पुजन एबं प्रसाद ग्रहण र उपहार प्रदान गरेको थियो । १० बर्ष भित्रका कन्याहरुलाई संघिय सांसद मना केसी मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्य लगायतले कन्यालाई पुजा अर्चना गरी दक्षिणा सहित प्रसाद ग्रहण गराएका थिए।

सो कार्यक्रममा बोल्दै सांसद केसीले महिला हिसांका घटनाहरु बढ्दै गईरहेको अवस्थामा तिरुपति बालाजी धामले कन्याको सम्मान गर्नु अत्यन्त सरह्रानीय भएको बताउनुभयो । हिसां रहित समाज र शान्ति स्थापनाका लागि महिला हिसांको अन्त्य हुनु आवश्यक रहेको चर्चा गर्दै संघिय सांसद केसीले मुलुकमा सदाको लागि हत्या हिसां लगायतका गतिबिधी पुर्णरुपले अन्त्य गर्नुपर्नेमा जोड दिएकी थिईन । मुलुकलाई धार्मिक पर्यटकीय गन्तब्य रुपमा चिनाउनका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने उनको भनाई थियो । कार्यक्रममा तिरुपति बालाजी धामका अध्यक्ष एबं मन्दिरका पुजारी स्वामी ऋषि प्रपन्नाचार्यले शक्ति र क्षेमताको आधारमा पुरुषको तुलनामा महिला पनि कमजोर नरहेको बताए । समाजमा महिला माथि बिभिन्न खाले हिसां बढ्दै जानु दुखद भएको चर्चा गर्दै स्वामी प्रपन्नाचार्यले लक्ष्मी स्वरुपा महिलाको सदैब सम्मान हुनुपर्नेमा जोड दिए । उनले सभ्य समाज निर्माणका लागि महिला पुरुष दुबैलाई असल कर्म तर्फ लगाउनुपर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष धुव्र केसी, शिब साप्कोटा कलाकार रेशम साप्कोटा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा मुक्तिनाथ बेदबिद्याश्रमका बटुकहरुले स्वस्ती एबं दुर्गा कवच पाठ गरेका थिए ।

कार्यक्रम श्री रंङ्गवैङ्कटेश मुक्तिनारायण मन्दिर मुक्तिनाथ बेद बिद्याश्रम तिरुपति बालाजी धाम कुडुले फेदीका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता मन्दिरका सचिव रामकृष्ण साप्कोटाको स्वागत मन्तब्य र दिनेश साप्कोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *