गल्कोट महोत्सबमा राजेश हमाल सहित ३ दर्जन कलाकार आउदै !

घनश्याम गौतम, गल्कोट २०७५ असोज २९ । आगामी कार्तिकको पहिलो हप्तादेखि गलकोटमा हुने कृषि प्रर्यटन औद्योगिक ब्यापार मेला तथा प्रथम गल्कोट महोत्सव २०७५मा महानायक राजेश हमाल आउने भएका छन । राजेश हमालले आज सामाजिक सञ्जाल मार्फत सन्देश प्रवाह गर्दै गल्कोट महोत्सबमा आफु आउने बताएका हुन् । उनले उद्योग बाणिज्य संघ गल्कोट ईकाईलाई आधिकारीक सन्देश पठाउदै गल्कोट महोत्सबमा आउने जानकारी गराएका हुन् ।

कृषि प्रर्यटन औद्योगिक ब्यापार मेला गलकोट महोत्सब २०७५ मा म आउदैछु, मलाई आसा छ गलकोटमा रहनुभएका सम्पुर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनीले मेलामा म संगै सहकार्य गदैं रमाउनुहुने छ ।

त्यस्तै कार्यक्रममा हास्य कलाकार सीताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तली, लगायतका कलाकार आउने बताइएको छ । कार्यक्तक्रमा चर्चित कलाकार मेलिना राईले पनि गलकोट आउने आधिकारिक जानकारी दिएकी छन् । उनले गल्कोटमा आउने र सबै गल्कोटबासीको माझमा सांगीतिक प्रस्तुति दिने उद्घोष गरेकी छन् ।

कार्यक्रममा चर्चित तथा राष्ट्रिय कलाकारकारको उपस्थिति गराउने उद्योग बाणिज्य संघ गल्कोट ईकाईका बरिष्ठ उपाध्यक्ष ढालिन्द्र प्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार गल्कोटका राष्ट्रिय कलाकार सहित ३ दर्जन बढी चर्चित कलाकार महोत्सबमा आउने छन् । उद्योग बाणिज्य संघ गल्कोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठले कात्तिक ९ गतेदेखि १८ गतेसम्म गल्कोटमा आयोजना गरिने गल्कोट महोत्सवमा आयोजित कार्यक्रमकोे प्रायोजन रकम संकलनमा ईकाई लागेको जानकारी दिए । महोत्सबमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, गलकोट डान्स च्याम्पीयन (लोकनृत्य प्रतियोगिता), राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति, बाल उद्यान तथा रमाईलो मेला,बिभिन्न सास्कृतिक झाकिँ प्रदर्शनी,कृषि तथा स्थानिय उत्पादित सामाग्रीको प्रदशनि,उट नाच, लाईभ कन्र्सट,बाल मेला, शैक्षिक सामाग्रीहरु, कला प्रर्दशनि प्रतियोगिता,रत्यौलि गीत प्रतियोगिता,निःशुल्क स्वास्थ्य शिबिर,क्यानोनिङ तथा प्याराग्लाइडिङ , सिस्नो खोस्ने, भुष पोल्ने मेला प्रर्दशनि लगाएतका प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *