व्यक्ति कै निवासमा नयाँ नेपाली नोटको सटही सुविधा !

बागलुङ २०७५ असोज २९ । विजया दशमीका अवसरमा नयाँ नोटको चाहना राख्नेहरु धेरै हुन्छन् । टीका लगाई दिएपछी दिईने दक्षिणामा नयाँ नोट दिने प्रचलनका कारण नेपाल बैँक लगायत बैँकिङ् संस्थाहरुमा नयाँ नोटका लागि मानिसहरुको क्यू (ताँती) लागेको देख्न सकिन्छ ।

पहुँच हुनेले भित्रभित्रै चाहेको दरका चाहेजति नयाँ नोट पाउने र पहुँच नहुने सिधासाधा जनताहरु नयाँ नोटको चाहनाबाट बन्चित हुनु परेको तीतो अनुभव संगालेका सामाजिक अभियन्ता होमबहादुर हमालले राष्ट्रबैँकबाट बिभिन्न दरका नयाँ नेपाली नोट ल्याएर बैँकहरुको पहुँचदेखी बाहिर रहेका स्थानीय तथा खासगरी ग्रामिण भेगका जनाताहरुलाई सटही गरिदिने गरेका छन् ।

अहिले उनको निवासमा बिभिन्न दरका नयाँ नोट सटही गर्न आउनेहरुको भीड नै लागेको देख्न सकिन्छ ।

बैँक लगायत बित्तिय संस्थाहरु निश्चित समयमा मात्र खुल्ने हुनाले कामकाजीहरुलाई बिहान बेलुका अनुकूल समयमा सटहीगर्न सहज होस भनेर आफुले यो सुविधा मिलाएको समाजसेवी हमालले ईबागलुङलाई बताए । उनले करीब ५० लाख बराबरको बिभिन्न दरका नयाँ नेपाली नोट ल्याएको जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *