दशैँ तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा तरुणदलका अध्यक्ष लोप्चन नेकपामा प्रवेश !

झरना कँडेल, बुर्तिवाङ २०७५ असोज २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुर्तिवाङ नगर कमिटीले नेपालीहरुको महान पर्व बडा दशैँ एवं तिहारको पूर्व सन्ध्यामा आयोजित शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा नेपाली काँग्रेस ढोरपाटनका तरुण दल अध्यक्ष अमर लोप्चन, गोपाल महत सहित नेकपामा प्रवेश गरेका छन् ।

शुभकामन आदान प्रदान कार्यक्रममा नेकपाका अध्यक्ष टंक प्रसाद पौडेलको अध्यक्षता, प्रतिनिधी सभा सदस्य देबेन्द्र पौडेलको प्रमुख आतिथ्यता, नेकपाका जिल्ला सदस्य ज्ञामनाथ गैरे अनील, जिल्ला समन्वय समिती बागलुङका उपप्रमुख बिष्णु भुषाल, ढोरपाटन नगरपालीकाकी उपप्रमुख करमती पुन , बडीगाड गाउँपालीकाका अध्यक्ष मेहरसिँह पाईजा, नेकपाका नेता तुल्सीराम अर्याल लगायत नेकपाका प्रतिनीधी, शिक्षक सगठन युवा पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले यी चाडपर्व संगै आजकै दिनदेखी सम्पुर्णमा सकारात्मक सोचको बृद्धी होस भन्ने शुभकामना ब्यक्त गर्दै, अबको लक्ष्य भनेको बिकास र समृद्धि रहेको बताए । उनले आगामी बर्षको बजेट बिकासको पुर्वाधारमा खर्चिने बताए ।

सो अबसरमा बोल्ने बक्ताहरुले गलत हल्लाको पछि नलागि सत्यतथ्य बुझेर मात्रै अगाडि बढ्न आग्रह गरेका थिए । उनिहरुले नेकपाले बिकास र समृद्धीका लागी एक आपसमा भाईचारा कायम गरेर अगाडि बढ्ने बताए ।

नेकपा ढोरपाटन नगर संयन्त्र सदस्य केशर बहादुर छन्त्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपाका नेता चन्द्रलाल अर्यालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *