खाल वजारमा सरसफाई अभियान

कमल पौडेल, बडीगाड २०७५ २०७५ असोज २९ । चाडवाड नजिकीदै गर्दा खाल वजारमा वृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ । आइतवार विहानैवाट वडा अध्यक्ष मौसम काजी क्षेत्री, स्थानिय टोल नं. ५ समितिका अध्यक्ष ऋषिराम फुल्लेल, सम्शेर प्रताप सिंह, अमृत श्रेष्ठ, दिपक थापा लगाएत स्थानिय सक्रियतामा वजार क्षेत्र सरसफाई गरिएको हो ।

सरसफाइको क्रममा खाल देखि मार्के, धाइरिघाट सम्म वाटोको झाडि फाँड्ने, प्लाष्टिक टिप्ने, सरसफाई गर्ने लगाएतका कार्य गरिएको थियो । सम्पूर्ण वजारवासीको सक्रियता सहित सो कार्यक्रम सम्पन्न भएको थियो ।

वजार क्षेत्रमा फोहर वढिरहेको र चाडवाडलाई पनि मध्यनजर गरेर सरसफाई कार्यक्रमलाई वडा नं. ६ को प्रत्येक टोलमा अभियानकै रुपमा संचालन गरिएको वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *