वडा अध्यक्ष खडक थापाबाट शैक्षिक अक्षय कोषको स्थापना

रनिश रानामगर, बागलुङ २०७५ असाेज २९ । काठेखोला गाउँ पालिका वडा नम्बर १ पालामा अर्थिक वर्ष २०७४।०७५को बार्षिक योजना तथा सम्पन्न कार्यक्रमको समिक्षा गरिएको छ।

समिक्षा कार्यक्रम मा गत आर्थिक वर्ष सम्पन्न योजना तथा कार्यक्रमको प्रतिवेदन काठेखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खडक थापाले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदन अनुसार गत वर्ष सडक निर्माण खानेपानी आयोजना सिँचाइ जलाधर शिक्षा भवन लगायतका 39अोटा योजना सम्पन्न भएको र सबै योजना समयमा नै सम्पन्न गर्न सफल भएको वडा सदस्य रिता नेपालीले बताइर्न्।
वडा अध्यक्ष थापाले आफुले प्राप्त गर्ने पारि मिक चार महिनाको प्रत्येक चार वटा विद्यालयमा अक्षय कोषको स्थापना गर्ने घोषणा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले विकासका कार्यक्रममा सबैले हातेमालो गरेर जानुपर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा नेकपाका टिका बहादुर थापा नेपाली काङ्ग्रेसका सचिव गणेश नेपाली कार्यपालिका सदस्य टिका संगम विक काठेखोका गाउँपालिका योजना प्रमुख मिन बहादुर थापा लगायतले मन्तब्य राखेका थिए। वडाअध्यक्ष खडक थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा सदस्य गम्विरा थापा र सन्चालन वडा सचिव रिता रानाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *